सहसचिव र उपसचिवसहित गृहका २२ कर्मचारीहरुको सरुवा (सूचीसहित)

गृह मन्त्रालयले एकै पटक २२ कर्मचारीहरुको सरुवा गरेको छ । गृहले सह सचिव र उपसचिव गरी २२ जना कर्मचारीहरुको सरुवा गरेको हो । जसमा केही जिल्लाका प्रमुख जिल्ला अधिकारी,विभागका महानिर्देशकहरु सरुवामा परेका छन् ।

बिज्ञापन

गृहले अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारी कोषहरि निरौलालाई दिइएको छ । केही अघिमात्र त्यहाँका महानिर्देशक रुद्रमान सिंह तमाङ मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार काण्ड लागेर निलम्बनमा परेसँगै त्यहाँ निरौलालाई खटाइएको हो ।

बिज्ञापन

यस्तै गृहले प्रमुख अध्यागमन अधिकृत गोगन बहादुर हमाललाई राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरेर त्यहाँ नरबहादुर थापालाई खटाएको छ । गृहले सहसचिव र उपसचिव गरी २२ कर्मचारीहरुको सरुवा गरेको हो । जसमा केही जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको छ ।

यस्तै गृह मन्त्रालयले ११ वटा जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । सरुवाको सूची अनुसार संखुवासभामा ध्रुबहादुर खड्का, अर्घाखँचीमा सूर्यबहादुर क्षेत्री, लमजुङमा बुद्धबहादुर गुरुङ, ओखलढुंगामा नारायण ढकाल, रोल्पामा खिमबहादुर रायमाझी र जाजरकोटमा ऋषिराज आचार्यलाई प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा गरिएको छ । कमलराज ढकाल सहसचिवका रूपमा गृह मन्त्रालयमा सरूवा भएका छन् । यस्तै हालैमात्र उपसचिवबाट बढूवा भएका रामराज कडरियालाई धनुषा, शिवकुमार कार्कीलाई खोटाङ, यज्ञराज जोशीलाई दार्चुला, मिना अर्याललाई तेह्रथुम र रवीन्द्र आचार्यलाई ताप्लेजुङको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।

बिज्ञापन

 

Saruwa_2080_12_06(1)

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कुलिङ पिरियड प्रकरणले संसदीय समितिमा हंगामा,सबै ‘पानी माथिको ओभानो’

राष्ट्रिय सभामा टेबुल भयो संघीय निजामती सेवा विद्येयक

एमालेले माग्यो समिति सभापति खतिवडा र सचिव दुराको राजीनामा

इन्जिनियर सुमन योगेश नेतृत्वको भक्तपुर सडक डिभिजनको सक्रियता: पूर्वाधार सुधारदेखि जनगुनासो व्यवस्थासम्म

तक्मा र विभूषण थापेका कर्मचारीले नै खुवाउँदैछन् चक्मा

उमेर हद ६० पुग्दा लाभन्वित हुँदैछन् यी दर्जन सचिव र ३० सहसचिवहरु

५२ संवैधानिक पदाधिकारीको नियुक्ति विवाद: सर्वोच्च अदालतको निर्णय आज आउने

२८ लाखसहित पर्साबाट तीन जना हुण्डी कारोबारी पक्राउ

बिशेष