परराष्ट्रको सवारी मर्मतमा ५ करोड ३२ लाख,इन्धनमा ५ करोड ३३ लाख स्वाहा

विभिन्न देशका राजदूतहरू समय अगावै स्वदेश फर्किँदा राज्यको पौने ३ करोड खर्च भएको जनाइएको छ ।

बिज्ञापन

महालेखापरीक्षक कार्यालयले बुधवार सार्वजनिक गरेको ६२औँ प्रतिवेदनअनुसार तोकिएको अवधि अगावै १३ देशका राजदूत स्वदेश फिर्ता हुँदा रु २ करोड ८६ लाख ६९ हजार खर्च लागेको हो ।

बिज्ञापन

अवधि सकिनु अगावै स्वदेश फर्किएका भारत, अमेरिका, बेलायत, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार, चीन, रसिया र श्रीलङ्कासमेत १३ देशका राजदूत स्वदेश फर्किँदा उक्त रकम खर्च भएको जनाइएको छ ।

१३ देशका राजदूत स्वदेश फर्किँदा बिमा बापत रु। १ करोड १३ लाख ९६ हजार, हवाई टिकट बापत रु १ करोड २४ लाख ४३ हजार र ढुवानीबापत रु. ४८ लाख ३० हजारसमेत रु।२ करोड ८६ लाख ६९ हजार खर्च भएको बिषयलाई महालेखाले स्वभाविक मानेको छैन ।

बिज्ञापन

महालेखाले परराष्ट्र मन्त्रालय अन्तर्गतका ४४ सरकारी कार्यालयको रु २औ अर्ब ४२ करोड ९९ लाखको लेखापरीक्षण सम्पन्न गर्दा १ अर्ब ५ करोडभन्दा बढीको बेरुजु देखिएको जनाएको छ । परराष्ट्र मन्त्रालय अन्तर्गत विभिन्न देशमा रहेका ४० वटा नियोगमा एक वर्षमा सवारीसाधन मर्मत तथा इन्धनमा साढे १० करोडभन्दा बढी खर्च भएको लेखेको छ ।

४० नियोगमा जम्मा १८८ चारपाङ्ग्रे सवारीसाधन रहेको उल्लेख छ । ती नियोगहरूमा यो वर्ष सवारीसाधन मर्मतअन्तर्गत एउटै नियोगमा रु १ लाखदेखि रु ३६ लाखसम्म मर्मत सम्भार खर्च भई कुल रु ५ करोड ३२ लाख ५६ हजार खर्च भएको महालेखाले जनाएको छ ।

त्यसै गरी ४० नियोगमा इन्धनमा रु ५ करोड ३३ लाख खर्च भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

डा. टीका ढकालको गजल

निजामती कर्मचारीलाई लक्षित गरी भोलिदेखि सिभिल अस्पतालको सध्याकालीन सेवा

Customs employee involved in crores of rupees’ worth of swag theft, customs chief suspended

कसरी जोगाउने मृगौला : के खाने,के नखाने ?

थपिएको छ– मोटोपन

परराष्ट्रको सवारी मर्मतमा ५ करोड ३२ लाख,इन्धनमा ५ करोड ३३ लाख स्वाहा

भ्रमण स्वीकृति नगराई मन्त्री र जनप्रतिनिधिको लस्कर विदेशतिर

निजामती विधेयकमा कर्मचारीको असन्तुष्टि, आन्दोलनको तयारी

बिशेष