परराष्ट्रको सवारी मर्मतमा ५ करोड ३२ लाख,इन्धनमा ५ करोड ३३ लाख स्वाहा

विभिन्न देशका राजदूतहरू समय अगावै स्वदेश फर्किँदा राज्यको पौने ३ करोड खर्च भएको जनाइएको छ ।

बिज्ञापन

महालेखापरीक्षक कार्यालयले बुधवार सार्वजनिक गरेको ६२औँ प्रतिवेदनअनुसार तोकिएको अवधि अगावै १३ देशका राजदूत स्वदेश फिर्ता हुँदा रु २ करोड ८६ लाख ६९ हजार खर्च लागेको हो ।

बिज्ञापन

अवधि सकिनु अगावै स्वदेश फर्किएका भारत, अमेरिका, बेलायत, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार, चीन, रसिया र श्रीलङ्कासमेत १३ देशका राजदूत स्वदेश फर्किँदा उक्त रकम खर्च भएको जनाइएको छ ।

१३ देशका राजदूत स्वदेश फर्किँदा बिमा बापत रु। १ करोड १३ लाख ९६ हजार, हवाई टिकट बापत रु १ करोड २४ लाख ४३ हजार र ढुवानीबापत रु. ४८ लाख ३० हजारसमेत रु।२ करोड ८६ लाख ६९ हजार खर्च भएको बिषयलाई महालेखाले स्वभाविक मानेको छैन ।

बिज्ञापन

महालेखाले परराष्ट्र मन्त्रालय अन्तर्गतका ४४ सरकारी कार्यालयको रु २औ अर्ब ४२ करोड ९९ लाखको लेखापरीक्षण सम्पन्न गर्दा १ अर्ब ५ करोडभन्दा बढीको बेरुजु देखिएको जनाएको छ । परराष्ट्र मन्त्रालय अन्तर्गत विभिन्न देशमा रहेका ४० वटा नियोगमा एक वर्षमा सवारीसाधन मर्मत तथा इन्धनमा साढे १० करोडभन्दा बढी खर्च भएको लेखेको छ ।

४० नियोगमा जम्मा १८८ चारपाङ्ग्रे सवारीसाधन रहेको उल्लेख छ । ती नियोगहरूमा यो वर्ष सवारीसाधन मर्मतअन्तर्गत एउटै नियोगमा रु १ लाखदेखि रु ३६ लाखसम्म मर्मत सम्भार खर्च भई कुल रु ५ करोड ३२ लाख ५६ हजार खर्च भएको महालेखाले जनाएको छ ।

त्यसै गरी ४० नियोगमा इन्धनमा रु ५ करोड ३३ लाख खर्च भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

महिनौंदेखि गृहको अतिरिक्त समूहमा ६ सहसचिव : झापा,दोलखासहित चार जिल्ला सिडियोविहिन

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

अन्तर स्थानीय तह सरुवा चाहने कर्मचारीसँग आवेदन आह्वान,सात दिनको समयसीमा

बिशेष