समाचारप्रति नर्सिङ प्रमुख श्रेष्ठको गम्भीर ध्यानाकर्षण

वीर अस्पतालको नर्सिङ प्रमुख संगीता श्रेष्ठले कर्मचारी प्रेसमा प्रकाशित समाचार प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएकी छिन् । अनलाइनमा गत वैशाख १७ मा प्रकाशित विरकी नर्सिंङ प्रमुख श्रेष्ठबिरुद्ध अख्तियारदेखि विभिन्न निकायमा उजुरी शीर्षकमा सामग्रीउपर आफ्नो गम्भीर ध्यानाकर्षण रहेको भन्दै उनले बुँदागत रुपमा खण्डन गरेकी छिन् ।
श्रेष्ठले समाचारमा उल्लेख गरिएजस्तो विभिन्न कलेजमा पढाउन जाने गरेको आरोप झूठो भएको जनाएकी छिन् । उनले भनेकी छिन, ‘म चिकित्सा बिज्ञान रास्ट्रिय प्रतिष्ठानको सह प्राध्यापक हुँ र सरकारी संस्थानमा बाहेक कतै मेरो संलग्नता छैन ।’

बिज्ञापन

यस्तै पीडित कर्मचारीहरुले अख्तियार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रिय महिला आयोग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी दिएको विषयमा समेत उनले कतै उजुरी नभएको भन्दै खण्डन गरेकी छिन् । श्रेष्ठले ‘नर्सिंङ ७ सय ६० भन्दा बढी कर्मचारी रहेको र कुनै कार्यालयबाट आफूबिरुद्ध कुनै उजुरी नआएको’ भन्दै प्रष्टीकरण दिएकी छिन् ।
यस्तै कर्मचारी छनौट गर्दा भ्रस्टाचार गरेको बिषयमा ‘कर्मचारी छनौट लोकसेवा आयोग बाट गरिने हुँदा त्यसमा आफ्नो कुनै संग्लनता नरहेको’ र आर्थिक र प्रशासनिक अनियमितता तथा ज्यादती एवं विभेद गरिएको बिषयमा समेत ‘नर्सिङ प्रमुखको हैसियतले आफूमाथि कुनै आर्थिक दायित्व नदिएको’प्रकाशित समाचारको खण्डनका साथैं गम्भीर ध्यानाकर्षण भएको जनाएकी छिन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

महिनौंदेखि गृहको अतिरिक्त समूहमा ६ सहसचिव : झापा,दोलखासहित चार जिल्ला सिडियोविहिन

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

बिशेष