समाचारप्रति नर्सिङ प्रमुख श्रेष्ठको गम्भीर ध्यानाकर्षण

वीर अस्पतालको नर्सिङ प्रमुख संगीता श्रेष्ठले कर्मचारी प्रेसमा प्रकाशित समाचार प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएकी छिन् । अनलाइनमा गत वैशाख १७ मा प्रकाशित विरकी नर्सिंङ प्रमुख श्रेष्ठबिरुद्ध अख्तियारदेखि विभिन्न निकायमा उजुरी शीर्षकमा सामग्रीउपर आफ्नो गम्भीर ध्यानाकर्षण रहेको भन्दै उनले बुँदागत रुपमा खण्डन गरेकी छिन् ।
श्रेष्ठले समाचारमा उल्लेख गरिएजस्तो विभिन्न कलेजमा पढाउन जाने गरेको आरोप झूठो भएको जनाएकी छिन् । उनले भनेकी छिन, ‘म चिकित्सा बिज्ञान रास्ट्रिय प्रतिष्ठानको सह प्राध्यापक हुँ र सरकारी संस्थानमा बाहेक कतै मेरो संलग्नता छैन ।’

बिज्ञापन

यस्तै पीडित कर्मचारीहरुले अख्तियार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रिय महिला आयोग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी दिएको विषयमा समेत उनले कतै उजुरी नभएको भन्दै खण्डन गरेकी छिन् । श्रेष्ठले ‘नर्सिंङ ७ सय ६० भन्दा बढी कर्मचारी रहेको र कुनै कार्यालयबाट आफूबिरुद्ध कुनै उजुरी नआएको’ भन्दै प्रष्टीकरण दिएकी छिन् ।
यस्तै कर्मचारी छनौट गर्दा भ्रस्टाचार गरेको बिषयमा ‘कर्मचारी छनौट लोकसेवा आयोग बाट गरिने हुँदा त्यसमा आफ्नो कुनै संग्लनता नरहेको’ र आर्थिक र प्रशासनिक अनियमितता तथा ज्यादती एवं विभेद गरिएको बिषयमा समेत ‘नर्सिङ प्रमुखको हैसियतले आफूमाथि कुनै आर्थिक दायित्व नदिएको’प्रकाशित समाचारको खण्डनका साथैं गम्भीर ध्यानाकर्षण भएको जनाएकी छिन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

”नेताहरू नेता होइन, जोकर भन्ने छाप अन्तर्राष्ट्रिय रुपमा परिसकेको छ”

सचिवलाई दुई वर्ष पूरा नगरी सरुवा नगर्न सुझाव

रहेनन् पत्रकार फणि महत

बर्ष दिनमै एक खर्ब अनियमित खर्च,१३ खर्ब नाग्यो बेरुजुको भ्योल्युम

सम्पत्ति शुद्धीकरणमा देखिदैंछ सुधार

समाचारप्रति नर्सिङ प्रमुख श्रेष्ठको गम्भीर ध्यानाकर्षण

उपसचिवको अन्तिम नतिजा सार्वजनिक

काला बजारीया तह लगाउँदै वाणिज्यका डिजी

बिशेष