दुई सचिव रिक्त,प्रधानमन्त्री कार्यालय अझैं बेखवर

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय सूचना प्रविधिमा कतिसम्म सुस्त छ भन्ने एउटा उदाहरण हेरौं :
गत २४ वैशाखमा पर्यटन सचिव विनोद प्रकाश सिंह अनिवार्य अवकाशमा गए । उनी अवकाशमा गएको पाँच दिन बितिसकेको छ । ५८ वर्षे उमेर हदका कारण पाण्डे अनिवार्य अवकाशमा गएको पाँच दिन बितिसक्दा समेत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेव साइडमा उनको नाम हटेको छैन ।

बिज्ञापन

यस्तै हिजोमात्र महालेखा नियन्त्रक गणेश पाण्डे अनिवार्य अवकाशमा गइसकेका छन् । यी दुबै सचिव अनिवार्य अवकाशमा गएसँगै सम्बन्धित मन्त्रालय र कार्यालयले वेव साइडमा सचिव,महालेखा नियन्त्रक रिक्त रहेको विवरण राखेका भए पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भने अझैं चाल पाएको छैन ।

बिज्ञापन

सचिवबाट सिंह बिदाइसहित अवकाशमा गएका ५ दिन बित्दा पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विवरण अद्यावद्यिक नगरेको भेटिएको हो ।
उसो त यस अघि केपी ओलीले बर्खास्त गरेका राज्यमन्त्री कान्छाराम तमाङको हकमा समेत प्रधानमन्त्री कार्यालयले मिडियाले औल्याएपछि मात्र विवरण अद्यावद्यिक गरेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी सूचना प्रविधि शाखामा सुवाष ढकाल कार्यरत छन् । उनको टिम नै छ त्यहाँ प्रविधि हेर्ने । तर सुस्तता चाहिँ यस्तो छ कि,सचिव हटेको साता दिन, मन्त्री हटेको पाँच सात दिन बितिसक्दा समेत अद्यावद्यिक भएको हुँदैन ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

महिनौंदेखि गृहको अतिरिक्त समूहमा ६ सहसचिव : झापा,दोलखासहित चार जिल्ला सिडियोविहिन

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

बिशेष