प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय सूचना प्रविधिमा कतिसम्म सुस्त छ भन्ने एउटा उदाहरण हेरौं :
गत २४ वैशाखमा पर्यटन सचिव विनोद प्रकाश सिंह अनिवार्य अवकाशमा गए । उनी अवकाशमा गएको पाँच दिन बितिसकेको छ । ५८ वर्षे उमेर हदका कारण पाण्डे अनिवार्य अवकाशमा गएको पाँच दिन बितिसक्दा समेत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेव साइडमा उनको नाम हटेको छैन ।
बिज्ञापन
यस्तै हिजोमात्र महालेखा नियन्त्रक गणेश पाण्डे अनिवार्य अवकाशमा गइसकेका छन् । यी दुबै सचिव अनिवार्य अवकाशमा गएसँगै सम्बन्धित मन्त्रालय र कार्यालयले वेव साइडमा सचिव,महालेखा नियन्त्रक रिक्त रहेको विवरण राखेका भए पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भने अझैं चाल पाएको छैन ।
बिज्ञापन
सचिवबाट सिंह बिदाइसहित अवकाशमा गएका ५ दिन बित्दा पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विवरण अद्यावद्यिक नगरेको भेटिएको हो ।
उसो त यस अघि केपी ओलीले बर्खास्त गरेका राज्यमन्त्री कान्छाराम तमाङको हकमा समेत प्रधानमन्त्री कार्यालयले मिडियाले औल्याएपछि मात्र विवरण अद्यावद्यिक गरेको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी सूचना प्रविधि शाखामा सुवाष ढकाल कार्यरत छन् । उनको टिम नै छ त्यहाँ प्रविधि हेर्ने । तर सुस्तता चाहिँ यस्तो छ कि,सचिव हटेको साता दिन, मन्त्री हटेको पाँच सात दिन बितिसक्दा समेत अद्यावद्यिक भएको हुँदैन ।
बिज्ञापन