दुई सचिव रिक्त,प्रधानमन्त्री कार्यालय अझैं बेखवर

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय सूचना प्रविधिमा कतिसम्म सुस्त छ भन्ने एउटा उदाहरण हेरौं :
गत २४ वैशाखमा पर्यटन सचिव विनोद प्रकाश सिंह अनिवार्य अवकाशमा गए । उनी अवकाशमा गएको पाँच दिन बितिसकेको छ । ५८ वर्षे उमेर हदका कारण पाण्डे अनिवार्य अवकाशमा गएको पाँच दिन बितिसक्दा समेत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेव साइडमा उनको नाम हटेको छैन ।

बिज्ञापन

यस्तै हिजोमात्र महालेखा नियन्त्रक गणेश पाण्डे अनिवार्य अवकाशमा गइसकेका छन् । यी दुबै सचिव अनिवार्य अवकाशमा गएसँगै सम्बन्धित मन्त्रालय र कार्यालयले वेव साइडमा सचिव,महालेखा नियन्त्रक रिक्त रहेको विवरण राखेका भए पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भने अझैं चाल पाएको छैन ।

बिज्ञापन

सचिवबाट सिंह बिदाइसहित अवकाशमा गएका ५ दिन बित्दा पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विवरण अद्यावद्यिक नगरेको भेटिएको हो ।
उसो त यस अघि केपी ओलीले बर्खास्त गरेका राज्यमन्त्री कान्छाराम तमाङको हकमा समेत प्रधानमन्त्री कार्यालयले मिडियाले औल्याएपछि मात्र विवरण अद्यावद्यिक गरेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी सूचना प्रविधि शाखामा सुवाष ढकाल कार्यरत छन् । उनको टिम नै छ त्यहाँ प्रविधि हेर्ने । तर सुस्तता चाहिँ यस्तो छ कि,सचिव हटेको साता दिन, मन्त्री हटेको पाँच सात दिन बितिसक्दा समेत अद्यावद्यिक भएको हुँदैन ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

काला बजारीया तह लगाउँदै वाणिज्यका डिजी

दुई सचिव रिक्त,प्रधानमन्त्री कार्यालय अझैं बेखवर

राजस्व अनुसन्धान विभाग खारेज गर्न सिफारिस

उमेर हद ६० पुर्याउँदा कुन कुन सचिव लाभन्वित ?

लोकसेवाको परीक्षार्थीले उत्तरपुस्तिका बोकेर घर गएपछि

शिक्षा मन्त्रालयले रोक्यो कोरियाको एनओसी

‘एमआरपी लागू भए नभएको हेर्ने कामलाई ‘आतंककारी’ शैली भन्न मिल्दैन्’

हुलाकका हाकिम र नासुसहित छ जनाविरुद्ध पाँच करोड बढीको भ्रष्टाचार मुद्दा दायर

बिशेष