झापाको जोरसिमलबाट १४ लाख ९९ हजार ७ सय भारतीय रुपैयाँसहित एक जना नियन्त्रणमा

 

बिज्ञापन

बैशाख २४ गते सशस्त्र प्रहरीले झापा जिल्लाको मेचीनगरपालिका–७ स्थित जोरसिमलबाट १४ लाख ९९ हजार ७ सय भारतीय रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

बिज्ञापन

मोरङ्गको उर्लाबारी बस्ने उनलाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाले उल्लेखित रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।
काँकडभिट्टाबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुवाहक बसमा सवार उनको साथमा फेला परेको उल्लेखित रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको हो । उक्त रुपैयाँमा ५ सय दरको २ हजार ९ सय ९९ सय र २ सय दरको १ वटा रहेको छ । उक्त रुपैयाँ कसरी र के प्रयोजनको लागि ल्याएको हो खुल्न सकेको छैन ।

नियन्त्रणमा लिएका उनलाई बरामद रुपैयाँसहित आवश्यक अनुसन्धानको लागि आन्तरिक राजश्व कार्यालय ईटरीमा बुझाईएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नेपाल वायुसेवा निगमको सञ्चालक सदस्यमा पाँच जना नियुक्त

‘लाली’ र ‘करेन्ट’ चाउचाउ विषक्त, बजारबाट फिर्ता गर्न सरकारको आदेश

सरकारी ठेक्का ह्याकिङ प्रकरण शहरीका सुब्बा कारागार चलान,ठेकेदारहरुलाई धरौटीमा छाड्ने आदेश

ठेकेदारमाथि मन्त्रीको कडा शैली : प्रहरी लगाएर पीएकहाँ बुझाउन आदेश

दुई उपमहानिर्देशकविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी,प्रदीप अधिकारीसँगको ‘कनेक्सन’

आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै,सहसचिवको संयोजकत्वमा सिफारिस समिति गठन

स्मार्ट टेलिकम,इन्भेष्टमेन्ट बैंकपछि सीआईबीको अनुसन्धान एनसेलतिर

सचिवको असन्तृष्टि : ‘यो मन्त्रालयको नाम हो कि एनजीओको ?’

बिशेष