बिज्ञापन
बैशाख २४ गते सशस्त्र प्रहरीले झापा जिल्लाको मेचीनगरपालिका–७ स्थित जोरसिमलबाट १४ लाख ९९ हजार ७ सय भारतीय रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
बिज्ञापन
मोरङ्गको उर्लाबारी बस्ने उनलाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाले उल्लेखित रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।
काँकडभिट्टाबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुवाहक बसमा सवार उनको साथमा फेला परेको उल्लेखित रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको हो । उक्त रुपैयाँमा ५ सय दरको २ हजार ९ सय ९९ सय र २ सय दरको १ वटा रहेको छ । उक्त रुपैयाँ कसरी र के प्रयोजनको लागि ल्याएको हो खुल्न सकेको छैन ।
नियन्त्रणमा लिएका उनलाई बरामद रुपैयाँसहित आवश्यक अनुसन्धानको लागि आन्तरिक राजश्व कार्यालय ईटरीमा बुझाईएको छ ।