दुर्घटनामा परी लेकम गाउँपालिकाका शिक्षा अधिकृतको मृत्यु, गाउँपालिकामा शोक बिदा

दार्चुलाको लेकम गाउँपालिका–४ का स्थानीय तथा गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख केशवराज ओझाको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । गाउँपालिकाको शैक्षिक कार्यक्रम सकाएर मोटरसाइकलमा घर फर्कने क्रममा सोमबार बेलुकातिर लेकम गाउँपालिका–४ गोदालीमा दुर्घटनामा परी उनी सख्त घाइते भएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

इलाका प्रहरी कार्यालय रिठाचौपातका अनुसार गोदालीमा माथिबाट खसेको ढुंगा लागेर गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रहेका ओझाको पिँठ्युमा चोट लागेको थियो । सख्त घाइते अवस्थामा उनलाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि गोकुलेश्वर अस्पताल लगिएको हो ।

बिज्ञापन

शाखा प्रमुख ओझाको दुर्घटनामा मृत्यु भएपछि मङ्गलबार गाउँपालिकामा शोक बिदा दिइएको छ। शिक्षा अधिकृत ओझाको असामयिक निधनले गाउँपालिकाको शिक्षा क्षेत्रमा गहिरो क्षति पुगेको बताइएको छ। ओझाको निधनप्रति श्रद्धाञ्जली स्वरूप गाउँपालिकाभित्रका सम्पूर्ण सरकारी कार्यालयहरूमा मङ्गलबार शोक बिदा घोषणा गरिएको छ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

वर्ल्डलिंकलाई कसले बचायो ? सात अर्बको करछली प्रकरणमा बालेनले खोल्लान् त फाइल ?

बिशेष