महिला कर्मचारीले गर्भाधारणको अवस्थामा बिदा पाउने

सांकेतिक फोटो : एआई

महिला कर्मचारीले गर्भधारणको अवस्थामा मातृत्व विशेष बिदा पाउने भएका छन् । यो व्यवस्था संघीय निजामती सेवा विधेयकमा समेटिएको हो ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. चन्दा कार्की भण्डारीले यस्तो बिदाको प्रस्ताव गरेकी थिइन् । जसलाई राज्यव्यवस्था समितिमा रहेको संघीय निजामती सेवा विधेयकमा राखिएको छ ।

बिज्ञापन

निजामती सेवा नियमावलीमा महिला निजामती कर्मचारी गर्भवती भएमा सुत्केरीको अघिपछि गरी ९८ दिन प्रसूति बिदा लिन पाउने व्यवस्था छ ।सो व्यवस्था बमोजिम प्रसूति बिदा लिएका महिला निजामती कर्मचारीले चाहेमा कुनै पनि बिदाबाट कट्टा नहुने गरी थप छ महिनासम्म बेतलबी प्रसूति बिदा लिन सक्छन् । तर यस बमोजिमको बिदा लगातार रूपमा लिनुपर्ने व्यवस्था छ ।

बिज्ञापन

नेपाली काँग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुका अनुसार गर्भधारण गरेपछि महिलाले बिदा माग्दा पाउने प्रबन्ध गर्ने विषयमा सहमति जुटेको छ ।उनका अनुसार यस्तो बिदा सुत्केरी भएपछि प्राप्त बिदामा कटौती हुने गरी दिन सकिने प्रावधान राखिनेछ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामती कर्मचारीको अनिवार्य अवकाश उमेर हद बढ्यो,सेवा प्रवेशको उमेर सीमा घट्यो

रघुजी पन्त शिक्षामन्त्री नियुक्त,आरजु राणाभन्दा पछिल्लो वरियता

रघुजी पन्त शिक्षामन्त्री

मन्त्रिपरिषद्का १९ निर्णय : ओएण्डएम संशोधन,बढूवा,सरुवादेखि भ्रमण स्वीकृतिसम्म

यी नयाँ व्यवस्थासहित पारित हुँदैछ निजामती विद्येयक

बढ्यो निजामती कर्मचारीको अनिवार्य अवकाश उमेर हद

कुलिङ पिरियड र अतिरिक्त सचिवको विषयमा माओवादीको असहमति,भेटनरी सेवा थप गर्नुपर्ने जिकिर

महिला कर्मचारीले गर्भाधारणको अवस्थामा बिदा पाउने

बिशेष