महिला कर्मचारीले गर्भाधारणको अवस्थामा बिदा पाउने

सांकेतिक फोटो : एआई

महिला कर्मचारीले गर्भधारणको अवस्थामा मातृत्व विशेष बिदा पाउने भएका छन् । यो व्यवस्था संघीय निजामती सेवा विधेयकमा समेटिएको हो ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. चन्दा कार्की भण्डारीले यस्तो बिदाको प्रस्ताव गरेकी थिइन् । जसलाई राज्यव्यवस्था समितिमा रहेको संघीय निजामती सेवा विधेयकमा राखिएको छ ।

बिज्ञापन

निजामती सेवा नियमावलीमा महिला निजामती कर्मचारी गर्भवती भएमा सुत्केरीको अघिपछि गरी ९८ दिन प्रसूति बिदा लिन पाउने व्यवस्था छ ।सो व्यवस्था बमोजिम प्रसूति बिदा लिएका महिला निजामती कर्मचारीले चाहेमा कुनै पनि बिदाबाट कट्टा नहुने गरी थप छ महिनासम्म बेतलबी प्रसूति बिदा लिन सक्छन् । तर यस बमोजिमको बिदा लगातार रूपमा लिनुपर्ने व्यवस्था छ ।

बिज्ञापन

नेपाली काँग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुका अनुसार गर्भधारण गरेपछि महिलाले बिदा माग्दा पाउने प्रबन्ध गर्ने विषयमा सहमति जुटेको छ ।उनका अनुसार यस्तो बिदा सुत्केरी भएपछि प्राप्त बिदामा कटौती हुने गरी दिन सकिने प्रावधान राखिनेछ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

महिनौंदेखि गृहको अतिरिक्त समूहमा ६ सहसचिव : झापा,दोलखासहित चार जिल्ला सिडियोविहिन

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

बिशेष