मन्त्रीको निर्देशन अटेरी गर्दै सचिव उडे अमेरिका

मन्त्रीले नजानु भन्दाभन्दै सचिव उडिछाडे । अटेरी गरेर १० दिने विदेश भ्रमणमा निस्किएका सचिव कृष्णहरि पुष्कर जसरी अर्थ सचिव बनेका थिए उसैगरी अर्थबाट बाहिरिने चर्चा छ अर्थ मन्त्रालयतिर ।
यस अघि सामान्य प्रशासनमा हुँदा अमेरिका भ्रमणमै रहेको समयमा पुष्करलाई अर्थमा ल्याइएको थियो । अहिले अमेरिका भ्रमणमै रहेको समयमा उनको सरुवा गर्न खोजिएको बताइएको छ । आफ्नो निर्देशन अवज्ञा गर्दै सचिव अमेरिका उडेपछि अर्थमन्त्री बर्षमान पुन अर्थसचिव कृष्णहरि पुष्करसँग असन्तृष्ट भएका छन् । पुष्कर अमेरिकामा आयोजना हुने विश्व बैंक र नेपालबीचको साझेदारीको नयाँ खाका, नेपालमा आयोजना हुन लागेको ‘आईडीए २१ औं रेप्लेनिसमेन्ट’ को दोस्रो बैठकको तयारी कार्यक्रममा भाग लिन बिहिबार अमेरिका उडेको अर्थ श्रोतले जनाएको छ ।

बिज्ञापन

पुष्कर १० दिने भ्रमणका लागि अमेरिका उडेका हुन । अर्थमन्त्री निकटका अनुसार मन्त्री पुनले पुष्करलाई तुरुन्तै कुनै भ्रमणमा ननिस्किन भनेका थिए । तर, मन्त्रालयका महाशाखा र निकायको मन्त्रीसँग विस्तृत ब्रिफिङ र छलफलहरु नसकिंदै अर्थसचिव पुष्कर अमेरिका हानिएसँगै मन्त्री सचिवसँग असन्तृष्ट हुन पुगेका छन् ।

बिज्ञापन

उसो त अर्थमन्त्री पुनले आफ्नो प्रशासनिक टिम नै परिवर्तन गर्ने तयारी गरिरहेका छन् । बजेटको मुखमा सहसचिवमात्र होइन,सचिव नै परिवर्तन हुन सक्ने अर्थमन्त्री निकट स्रोतले भनेको छ ।

अर्थसचिव पुष्करलाई नरुचाएका मन्त्री पुनले मन्त्रालयको प्रशासनिक नेतृत्व अब राजस्व सचिव घिमिरे वा अन्यलाई भित्र्याउन सक्ने संकेत मन्त्रीले गरिसकेका छन् । पुर्नगठित प्रचण्ड नेतृत्वको सरकारको दोश्रो क्याविनेट बैठकले गृह सचिवमा एकनारायण अर्याललाई ल्याएको थियो । गृहका सचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा खटाइएको थियो । अर्थ मन्त्रालयकै राजश्व सचिव रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिन लागिएको अर्थ मन्त्रालय स्रोतले बतायो । कृष्णहरिको ठाउँमा राजश्व सचिव रामप्रसाद घिमिरेलाई सार्ने तयारी भइरहेको बताइएको छ । यस अघि संघीय मामिला तथा सामान्य प्रशासन सचिव हुँदा अमेरिका भ्रमणमै रहेका अवस्थामा पुष्कर सामान्यबाट अर्थमा पुगेका थिए । अहिले अमेरिका भ्रमणबाट नफर्कदै उनको पद खोसिए अनौठो नहोला भन्नेहरु पनि छन्,अर्थतिर ।

बिज्ञापन

सहसचिवबाट सचिवमा बढुवा हुँदा सिधै अर्थमा पोष्टिङ पाएका पुष्करलाई त्यहाँबाट संघीय मामिला तथा सामान्य प्रशासनमा सरुवा गरिएको थियो । २४ असार २०७८ मा मात्रै सचिवमा बढुवा भएका पुष्कर डेढ महिनामै राजस्व सचिवका रुपमा अर्थ मन्त्रालयमा इन्ट्री मारेका थिए । केही महिना पछि उनी सामान्यमा पुगेकामा फेरि अर्थमै इन्ट्री मार्न सफल भएका थिए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

जन्तीबाख्रो सार्वजनिक

प्रधानमन्त्री ओलीको रोजाईका महामहिम वलीका कार्यशैलीप्रति थाइ नेपाली असन्तुष्ट

उत्कृष्ट राष्ट्रसेवकको तक्मा-पुरस्कार थापेका कर्मचारी नै भ्रष्टाचार मुद्धामा

परराष्ट्रका २८ नायब सुब्बा अधिकृतमा बढुवा

यी हुन शाखा अधिकृतमा बढुवा सिफारिस भएका ३५ कर्मचारी

१५ शाखा अधिकृत उपसचिवमा बढुवा

सचिव बढूवाको लाइनमा रहेका अर्काे सहसचिव पनि निलम्बित

एकै पटक २१ वटा सरकारी कार्यालयबाट तलब बुझ्ने पत्रकार अख्तियारको फन्दामा

बिशेष