इलाममा चिया टिप्दै १५ देशका कूटनीतिज्ञहरु, ‘पर्यटन दूत’ बन्न मन्त्रीको आग्रह

इलाम । नयाँ बर्ष २०८२ मनाउन परराष्ट्रमन्त्री आरजु राणा देउवासहित करिब १५ देशका राजदूत एवम कुटनीतिज्ञहरु इलाममा छन् । मन्त्रालयको नियमित कार्यक्रम अन्तर्गतको ‘डिप्लोम्याटिक रिट्रिट’का लागि उनीहरु यस पटक इलाम पुगेका हुन् ।

बिज्ञापन

 

बिज्ञापन

आइतबार इलामको कन्याम पुगेर सांस्कृति पहिरनसहित घोडा सवार गरेका उनीहरु सोमबार अन्तु भ्रमणमा छन् । सोमबार विहान अन्तुडाँडामा पुगेर सूर्योदय दृश्यावलोकन गरेका उनीले अन्तु पोखरीमा डुंगा सयर पनि गरे ।

 

बिज्ञापन

डुंगा सयरपछि चियावारीमा उत्रिएका उनीहरुले मौलिक पारामा चिया टिपेर मनोरन्जन समेत लिएका छन् । डाडाँमा चिया टिपेर चोयाको डालोमा लगाएर रमाइलो गरिरहेका उनीहरुले नेपालमा चिया पर्यटनको चर्चा समेत गरेका छन् ।

 

परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईसहित सबै राजदूतहरुले चिया बगान छिरेर आधा घन्टासम्म चिया टिपेका थिए । ‘सबै राजदुतहरुले फरक अनुभव लिए । नेपालीहरुले चिया टिप्ने शैली उनीहरुले बुझ्ने मौका पाए । चिया कसरी तयारी गरिन्छ भन्ने जानकारी समेत लिए,’सचिव राईले भने ।

 

सूर्योदयका नगर प्रमुख रण बहादुर राईले राजदूतहरुले टिपेको चिया प्रशोधन गरी तयार पारेर उनीहरुलाई नै कोशेली स्वरुप पठाउने घोषणा पनि गरे । इलामको चिया चिनाउनका लागि यस्तो प्रयास गरिएको उनले जानकारी दिए ।

 

अन्तु भ्रमणकै सिलसिलामा अनौपचारिक कार्यक्रम अन्र्तगत अन्तुमै चिया टेष्टिङ पनि गराइएको छ । सूर्योदय टि प्रोडुर्सस एसोसिएसन र राष्ट्रिय चिया तथा कफी बिकास बोर्ड चिया बिस्तर योजना फिक्कलले बिभिन्न १६ जातका चिया टेष्टिङ गराएको हो ।

 

नेपाली चियाका बिभिन्न जात चखाएर नेपाली चिया बिश्व बजारमा प्रवर्धन गर्नका लागि चिया टेष्टिङको कार्यक्रम राखीएको सूर्योदय टि प्रोडुर्सस एसोसिएसनका सचिव गोपाल कट्टेलले जानकारी दिए ।

 

चिया टेष्टिङसंगै चियाका प्रकार बारेमा जानकारी गराइएको थियो । ब्ल्याक टि, अर्थोडक्स ग्रीन टि, उलङ टि, सिल्भर टी, गोल्डेन टीको स्वाद चखाइएको राष्ट्रिय चिया तथा कफी बिकास बोर्ड चिया बिस्तार योजना फिक्कलका चिया प्राविधिक नविन कोइरालाले जानकारी दिए ।

 

नेपाली नयाँ बर्ष २०८२ को अवसरमा नेपालका लागि बिभिन्न देशका राजदुत आइतबार इलामको सूर्योदय नगरपालिका पुगेका हुन् । परराष्ट्र मन्त्रालय र नेपाल टुरिजम बोर्डको आयोजना तथा नगरपालिकाको समन्वयमा अनौपचारिक भ्रमण अन्र्तगत १५ देशका राजदुत आइतबारदेखि इलाम भ्रमणमा गएका हुन् ।

 

परराष्ट्रमन्त्री डा।देउवाको नेतृत्वमा, मन्त्रालयका सचिव राईसहितका कर्मचारी, टुरिजम बोर्डका कर्मचारी राजदुत सहित ४५ जना बढी उच्च तहका पदाधिकारी भ्रमणमा सहभागी छन् ।

 

भ्रमण अन्र्तगत सोमबार अन्तु पोखरीमा राजदूतहरुलाई डुंगा सयर गराउनुका साथै माछा झिक्ने ९फिसिङ० गरिएको छ ।

 

मन्त्रालयले वार्षीक रुपमा बिभिन्न देशका राजदूतलाई नयाँ बर्षको अवसरमा नयाँ पर्यटकीय गन्तब्यमा भ्रमण गराउने कार्यक्रम अनुसार यसपटक सूर्योदय नगरपालिकाको अन्तुमा र कन्याममा कार्यक्रम तय भएको थियो ।

 

नगरले राजदुतको स्वागतमा बिभिन्न सांस्कृतिक तथा सांगीतिक कार्यक्रम आयोजना गरेको छ । राई, लाप्चा र नेवारी नृत्यसहित साकेला र झाक्री नाचले स्वागत गरिएको थियो ।

 

भ्रमणमा इजिप्ट, दक्षिण कोरिया, यूके, स्वीटजल्याण्ड, थाइल्याण्ड, अष्टे«लिया, फ्रान्स, इजरायल, जापान मलेसिया, श्रीलंका, बंगलादेश र इसीमोडका राजदूत सहभागी छन् । टोली बैशाख २ गतेसम्म इलाममा नै रहनेछन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

६ सचिवको सरुवा,अख्तियारमा शर्मा

६० हजार करार कर्मचारी हटाउने प्रस्ताव तयार,काम छाडेर धर्नामा उत्रिए कर्मचारी

कर्णाली प्रदेश सरकारमा किचलो : चार मन्त्रीले दिए राजीनामा

हिजो विज्ञापन रद्ध,आजै दरखास्त आह्वान

८० प्रतिशत विपद्को कारक जलवायु परिवर्तन–सरकारसँग छैन आर्थिक र गैह्रआर्थिक हानी नोक्शानीको एकीकृत तथ्यांक

एलपी ग्यास पुनः १४.२ केजीकै सिलिण्डरमा विक्री गरिने, प्रतिसिलिण्डर ९३७ रुपैयाँ घाटा

‘जान्नेलाई छान्ने’ नियुक्तिमा उमेर हद नमान्ने

पूर्वसचिव पाण्डेलाई ४ वर्ष जेल सजाय

बिशेष