इलाममा चिया टिप्दै १५ देशका कूटनीतिज्ञहरु, ‘पर्यटन दूत’ बन्न मन्त्रीको आग्रह

इलाम । नयाँ बर्ष २०८२ मनाउन परराष्ट्रमन्त्री आरजु राणा देउवासहित करिब १५ देशका राजदूत एवम कुटनीतिज्ञहरु इलाममा छन् । मन्त्रालयको नियमित कार्यक्रम अन्तर्गतको ‘डिप्लोम्याटिक रिट्रिट’का लागि उनीहरु यस पटक इलाम पुगेका हुन् ।

बिज्ञापन

 

बिज्ञापन

आइतबार इलामको कन्याम पुगेर सांस्कृति पहिरनसहित घोडा सवार गरेका उनीहरु सोमबार अन्तु भ्रमणमा छन् । सोमबार विहान अन्तुडाँडामा पुगेर सूर्योदय दृश्यावलोकन गरेका उनीले अन्तु पोखरीमा डुंगा सयर पनि गरे ।

 

बिज्ञापन

डुंगा सयरपछि चियावारीमा उत्रिएका उनीहरुले मौलिक पारामा चिया टिपेर मनोरन्जन समेत लिएका छन् । डाडाँमा चिया टिपेर चोयाको डालोमा लगाएर रमाइलो गरिरहेका उनीहरुले नेपालमा चिया पर्यटनको चर्चा समेत गरेका छन् ।

 

परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईसहित सबै राजदूतहरुले चिया बगान छिरेर आधा घन्टासम्म चिया टिपेका थिए । ‘सबै राजदुतहरुले फरक अनुभव लिए । नेपालीहरुले चिया टिप्ने शैली उनीहरुले बुझ्ने मौका पाए । चिया कसरी तयारी गरिन्छ भन्ने जानकारी समेत लिए,’सचिव राईले भने ।

 

सूर्योदयका नगर प्रमुख रण बहादुर राईले राजदूतहरुले टिपेको चिया प्रशोधन गरी तयार पारेर उनीहरुलाई नै कोशेली स्वरुप पठाउने घोषणा पनि गरे । इलामको चिया चिनाउनका लागि यस्तो प्रयास गरिएको उनले जानकारी दिए ।

 

अन्तु भ्रमणकै सिलसिलामा अनौपचारिक कार्यक्रम अन्र्तगत अन्तुमै चिया टेष्टिङ पनि गराइएको छ । सूर्योदय टि प्रोडुर्सस एसोसिएसन र राष्ट्रिय चिया तथा कफी बिकास बोर्ड चिया बिस्तर योजना फिक्कलले बिभिन्न १६ जातका चिया टेष्टिङ गराएको हो ।

 

नेपाली चियाका बिभिन्न जात चखाएर नेपाली चिया बिश्व बजारमा प्रवर्धन गर्नका लागि चिया टेष्टिङको कार्यक्रम राखीएको सूर्योदय टि प्रोडुर्सस एसोसिएसनका सचिव गोपाल कट्टेलले जानकारी दिए ।

 

चिया टेष्टिङसंगै चियाका प्रकार बारेमा जानकारी गराइएको थियो । ब्ल्याक टि, अर्थोडक्स ग्रीन टि, उलङ टि, सिल्भर टी, गोल्डेन टीको स्वाद चखाइएको राष्ट्रिय चिया तथा कफी बिकास बोर्ड चिया बिस्तार योजना फिक्कलका चिया प्राविधिक नविन कोइरालाले जानकारी दिए ।

 

नेपाली नयाँ बर्ष २०८२ को अवसरमा नेपालका लागि बिभिन्न देशका राजदुत आइतबार इलामको सूर्योदय नगरपालिका पुगेका हुन् । परराष्ट्र मन्त्रालय र नेपाल टुरिजम बोर्डको आयोजना तथा नगरपालिकाको समन्वयमा अनौपचारिक भ्रमण अन्र्तगत १५ देशका राजदुत आइतबारदेखि इलाम भ्रमणमा गएका हुन् ।

 

परराष्ट्रमन्त्री डा।देउवाको नेतृत्वमा, मन्त्रालयका सचिव राईसहितका कर्मचारी, टुरिजम बोर्डका कर्मचारी राजदुत सहित ४५ जना बढी उच्च तहका पदाधिकारी भ्रमणमा सहभागी छन् ।

 

भ्रमण अन्र्तगत सोमबार अन्तु पोखरीमा राजदूतहरुलाई डुंगा सयर गराउनुका साथै माछा झिक्ने ९फिसिङ० गरिएको छ ।

 

मन्त्रालयले वार्षीक रुपमा बिभिन्न देशका राजदूतलाई नयाँ बर्षको अवसरमा नयाँ पर्यटकीय गन्तब्यमा भ्रमण गराउने कार्यक्रम अनुसार यसपटक सूर्योदय नगरपालिकाको अन्तुमा र कन्याममा कार्यक्रम तय भएको थियो ।

 

नगरले राजदुतको स्वागतमा बिभिन्न सांस्कृतिक तथा सांगीतिक कार्यक्रम आयोजना गरेको छ । राई, लाप्चा र नेवारी नृत्यसहित साकेला र झाक्री नाचले स्वागत गरिएको थियो ।

 

भ्रमणमा इजिप्ट, दक्षिण कोरिया, यूके, स्वीटजल्याण्ड, थाइल्याण्ड, अष्टे«लिया, फ्रान्स, इजरायल, जापान मलेसिया, श्रीलंका, बंगलादेश र इसीमोडका राजदूत सहभागी छन् । टोली बैशाख २ गतेसम्म इलाममा नै रहनेछन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अशोक शेरचनको पक्षमा सर्वाेच्चको आदेश,०८३ माघसम्मै सिइओको कुर्सीमा

सेयर बजार २७ सय नजिक, नेप्से ९.७५ अंकले वृद्धि हुँदा कारोबार घट्यो

‘अबको सार्वजनिक सेवा सम्मान सहितको हुनु पर्छ’ : प्रजिअ खरेल

तिवारीको शक्ति : अधिकृतदेखि सहसचिवसम्म ३० बर्ष निरन्तर गृहमन्त्रालयमा

५२ संवैधानिक पदाधिकारीविरुद्ध आज संवैधानिक इजलासमा सुनुवाइ

सुव्वासँग हाकिम खुस,भक्तपुर मालपोतमा दैनिक पाँच लाख घुस

तत्कालीन प्रदेश सचिवविरुद्ध अख्तियार सर्वोच्चमा

आर्थिक चलखेल गरी फेरि मालपोतका कर्मचारी सरुवा,धमाधम तयार हुँदै पत्र

बिशेष