जिल्ला प्रशासन कार्यालय पर्सामा तनाव

दुई समुदाय बीचको झडपपछि जिल्ला प्रशासन कार्यालय पर्सामा तनाव सिर्जना भएको छ । झडपपछि उत्पन्न विवाद साम्य पार्न सीडीओ कार्यालय पर्सामा बैठक बसिरहेकै समयमा तनाव सिर्जना भएको हो ।

बिज्ञापन

विवाद समाधान गर्न दुई चरणको छलफल सकेर तेस्रो चरणको वार्ता चलिरहेको समयमा कार्यालयभित्र तनावको अवस्था देखिएको हो ।

बिज्ञापन

आइतबार बिहान दुई चरणको छलफलमा सामाजिक सद्भाव कायम गर्न पर्सामा क्रियाशील राजनीतिक दलहरू सहमत भएका थिए ।

हनुमान जयन्तीको अवसरमा निकालिएको धार्मिक  र्‍यालीमा भएको ढुङ्गामुढा र त्यसपछिको कफ्र्यू परिस्थितिमा समुदायबीचको विवाद समाधान गर्न बोलाइएको सर्वदलीय बैठकमै गाली–गलौज भएपछि बैठक स्थगित भएको छ  ।

बिज्ञापन

शनिबारको घटनापछि आइतबार पर्सा जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको संयोजकत्वमा सर्वदलीय बैठक बोलाइएको थियो । बैठकमा जिल्ला प्रहरी प्रमुख गौतम मिश्र, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिताल, अनुसन्धान प्रमुख दिलीपसिंह, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा दुवै समुदायका अगुवाहरू सहभागी थिए ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

महिनौंदेखि गृहको अतिरिक्त समूहमा ६ सहसचिव : झापा,दोलखासहित चार जिल्ला सिडियोविहिन

बिशेष