जिल्ला प्रशासन कार्यालय पर्सामा तनाव

दुई समुदाय बीचको झडपपछि जिल्ला प्रशासन कार्यालय पर्सामा तनाव सिर्जना भएको छ । झडपपछि उत्पन्न विवाद साम्य पार्न सीडीओ कार्यालय पर्सामा बैठक बसिरहेकै समयमा तनाव सिर्जना भएको हो ।

बिज्ञापन

विवाद समाधान गर्न दुई चरणको छलफल सकेर तेस्रो चरणको वार्ता चलिरहेको समयमा कार्यालयभित्र तनावको अवस्था देखिएको हो ।

बिज्ञापन

आइतबार बिहान दुई चरणको छलफलमा सामाजिक सद्भाव कायम गर्न पर्सामा क्रियाशील राजनीतिक दलहरू सहमत भएका थिए ।

हनुमान जयन्तीको अवसरमा निकालिएको धार्मिक  र्‍यालीमा भएको ढुङ्गामुढा र त्यसपछिको कफ्र्यू परिस्थितिमा समुदायबीचको विवाद समाधान गर्न बोलाइएको सर्वदलीय बैठकमै गाली–गलौज भएपछि बैठक स्थगित भएको छ  ।

बिज्ञापन

शनिबारको घटनापछि आइतबार पर्सा जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको संयोजकत्वमा सर्वदलीय बैठक बोलाइएको थियो । बैठकमा जिल्ला प्रहरी प्रमुख गौतम मिश्र, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिताल, अनुसन्धान प्रमुख दिलीपसिंह, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा दुवै समुदायका अगुवाहरू सहभागी थिए ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भ्रष्टाचार मुद्धामा सचिवलाई विशेषको ‘सुनपानी’, फैसलाको बर्ष दिन पछि सर्वोच्चमा पुनरावेदन

गठबन्धनमा संकट परे पछि ओली-देउवाबिच भेटबार्ता

६५ नाघेकालाई गभर्नर नियुक्ति नगर्न सर्वोच्चको अन्तरिम आदेश, विचौलियाको कस्तो छ ‘प्लान बी’ ?

महिना दिनमै ५ अर्ब ६७ करोड रकमान्तर,कुन शीर्षकमा कति ?

मन्त्रिपरिषद् बैठक बस्दै

बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छः गगन थापा

भूमि सचिव पोखरेल सेवानिवृत्त

यातायातमन्त्री अख्तियारको छानविनमा, एउटै कार्यालयमा दैनिक १० लाख घुस लेनदेन

बिशेष