उपभोक्ता ठग्दै डीडीसीः- प्याकेटमा सय एमएल कम

दुग्ध विकास संस्थान (डीडीसी)ले उपभोक्तासँग ठगी गर्दै आएको छ । डीडीसीले दूधको परिमाण र गुणस्तरमा अनियमितता गरेको खुलासा भएको छ। उपभोक्ताबाट आएको गुनासोपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुगमनका लागि दुईवटा नियामक निकायलाई पठाएको थियो।

बिज्ञापन

डीडीसीले ५०० मिलिलिटर लेखिएको दूधको प्याकेटमा मात्र ४०० मिलिलिटर दूध हालेर बिक्री गरेको र म्याद समाप्त भइसकेको बटरबाट घ्यू उत्पादन गरी बजारमा पठाएको उजुरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा परेपछि अनुगमनका लागि दुईवटा नियामक निकायलाई पठाएको थियो।

बिज्ञापन

बिहीबार र शुक्रबार मन्त्रालयले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र गुणस्तर तथा नापतौल विभागलाई संयुक्त रूपमा अनुगमनमा खटाएको थियो।कृषि मन्त्रीको सचिवालयका अनुसार निरीक्षणका क्रममा डीडीसीले परिमाण र गुणस्तरमा लापरबाही गरेको प्रमाण भेटिएको छ। एक अधिकारीले बताए अनुसार, “उपभोक्ताबाट आएको गुनासोका आधारमा नियमित प्रक्रियाअनुसार निरीक्षण गरिएको हो। खाद्य सुरक्षा र उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै कारबाही प्रक्रिया अघि बढाइनेछ।”

डीडीसीले भने यो अनियमितता जानाजानी नभएको दाबी गर्दै आएको छ। डीडीसीका अनुसार रातको समयमा विद्युत भोल्टेजमा उतारचढाव हुने भएकाले प्याकिङ मेसिनबाट निस्कने दूधको परिमाणमा फरक पर्न गएको हो। तर, निरीक्षण टोलीका अनुसार यस्तो प्रविधिगत समस्याको जिम्मेवारी कर्मचारीको सतर्कतामाथि निर्भर रहन्छ, र यहाँ कर्मचारी तहमै बदमासी भएको संकेत देखिएको छ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बालकुमारीको गजलसंग्रह तलतल विमोचन हुँदै

अलपत्र जेन-जी र सरकारबीचको सम्झौतामा छुटेका कर्मचारीतन्त्रका कुरा

केन्द्रीय बैंकले भेट्यो तीन बैंकमा गम्भीर कैफियत : कारवाहीमा परे अध्यक्षदेखि सिइओसम्म

जसपा नेपालको चुनावी घोषणापत्र : ६ महिनाभित्र संघीय निजामती सेवा ऐन पारित गराउने

करदाता सेवा कार्यालय खारेजीको विरोधमा उत्रिए स्थानीय

६३ जिल्लाको मतपत्र छपाइ सकियो,अब ३० लाख छाप्न बाँकी

त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्था कडा,२० डिएसपीको कमाण्डमा टोली परिचालन

सहसचिव लम्साललाई पुर्नवीमा अध्यक्षको जिम्मेवारी

बिशेष