सुन तस्करी प्रकरणमा करोडपति नासुलाई मुद्दा चलाउन सिफारिस

सुन तस्करी प्रकरणमा व्यवसायी भीमकान्त भण्डारीलाई मुद्दा चलाउन उच्चस्तरीय आयोगले सिफारिस गरेको छ ।

बिज्ञापन

पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित आयोगले बुझाएको प्रतिवदेनमा ७ जनालाई मुद्दा चलाउन सिफारिस गरिएको छ । तीमध्ये भण्डारी पनि एक हुन् ।उनीसँग आयोगले २५ माघमा सिंहदरबारमा पनि बयान लिएको थियो ।

बिज्ञापन

२०७३ असोज २१ मा नासुबाट सार्वजनिक सेवा प्रवेश गरेका भण्डारी ४ वर्षपछि २०७७ साउन १ मा राजीनामा दिएर सेवाबाट बाहिरिएका थिए । सेवा प्रवेशको केही वर्षमै अस्वाभाविक सम्पत्ति जोडेको भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध २०७९ असार ३ मा ६ करोड ५० लाख ६५ हजार ६ सय ४२ रुपैयाँ बिगो कायम गरेर विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

 

बिज्ञापन

सरकारी सेवामा रहँदा भण्डारी माओवादीबाट मन्त्री बनेका चार जनाको सचिवालयमा बसेका थिए । पूर्वअर्थमन्त्रीसमेत रहेका महरा, पूर्वऊर्जामन्त्री वर्षमान पुन, पूर्वसंघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे र पूर्वसमाज कल्याणमन्त्री आशा कोइरालाको स्वकीय सचिवालयमा बसेर काम गरेका भण्डारीले राजीनामा दिएर कोभिड महामारीका बेला बिध ल्याब सञ्चालन गरेका थिए । ल्याबलाई सरकारले अस्वाभाविक रूपमा कोभिड परीक्षण गर्न अनुमति दिनुका साथै स्वास्थ्य सामग्री खरिदमा पनि सामेल गराएको आरोप लागेको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

गृहको रिर्पोट कार्ड : कार्यसम्पादनमा मनाङ अब्बल,सबैभन्दा कमजोर पर्सा र काठमाडौं

प्रधानमन्त्री मातहतकै सतर्कता केन्द्र ‘सुत्केरी’, अनुसन्धान होइन गोष्ठीमै रमाइलो

कर्णालीमा २८ प्रतिशत कर्मचारी अभाव

यातायात सेवा विस्तारमा मन्त्रीको ठाडो हस्तक्षेप : ट्रायल सेन्टरको खरिद प्रक्रिया रोक्ने निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

उपकुलपति र कुलसचिवका लागि दरखास्त आह्वान

तीन उपसचिव सहसचिवमा बढुवा सिफारिस

शहरी विभागको खण्डन : ‘खरिद नियमावली मिचिएको र नियुक्तिमा आर्थिक चलखेल’ समाचारमा कुनै सत्यता छैन

अब अनलाइनबाट कर्मचारी सरुवा

बिशेष