सातामा दुई दिन बिदा,जोर बिजोर प्रणाली लागू गर्न विज्ञहरुको सुझाव

विज्ञहरुले सातामा दुई दिन बिदा गर्ने र जोर विजोर प्रणाली लागू गर्न सुझाएका छन् ।

बिज्ञापन

केही दिनदेखि वायु प्रदूषणका कारण काठमाडौँ उपत्यकामा अस्पतालहरूमा रुघाखोकी र सरुवा रोग जचाउन पुग्नेको संख्या बढिरहेको छ। आँखा पोल्ने, टाउको दुख्ने, घाँटी दुख्ने, खोकी लाग्ने समस्या प्रायः समस्या लिएर अस्पताल पुग्ने विरामीको भीड बढेको छ ।

बिज्ञापन

वातावरण प्रदूषणको हालको अवस्थाबारे सहरी विकास मन्त्रालयमा छलफल भएको छ ।छलफलमा सहभागी विज्ञहरुले भने,प्रदूषण कम नहुँदासम्म हप्ताको दुई दिन सार्वजनिक बिदा दिन र जोर–बिजोर गरेर सवारी साधन चलाउन सरकारलाई सुझाव दिएका छन् । यस्तै सडक र अन्य आयोजना निर्माण गर्दा पनि अनिवार्य रूपमा प्रदूषणसम्बन्धी शुल्क तिर्ने व्यवस्था गरिनुपर्ने समेत विज्ञहरूले सुझाव दिएका छन् ।

छलफलमा वन मन्त्रालयका सचिव दीपक खरालले प्रदूषण बढ्दै गएकाले हप्ताको दुई दिन बिदा दिनुपर्ने र सवारी जोरबिजोर गरेर चलाउनु पर्नेसम्मको प्रस्ताव गरेका थिए ।

बिज्ञापन

राष्ट्रिय यातायात व्यवसायी महासंघले भने सार्वजनिक सवारीसाधनले नभएर करिब २ लाख निजी मोटरसाइकलले बढी प्रदूषण गरेको हुँदा त्यसलाई कम गरेर सार्वजनिक सवारीसाधनलाई प्राथमिकता दिनुपर्ने बताए ।

छलफललमा उपप्रधानमन्त्री प्रकाशनमान सिंह,वनमन्त्री ऐनबहादुर शाही, वनराज्यमन्त्री रुपा विकलगायतका मन्त्रालय र विभागका कर्मचारी उपस्थित रहेको थियो । उपप्रधानमन्त्री प्रकाशमान सिंहले बढ्दो वायु प्रदूषण कम गर्न सबैले भूमिका खेल्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

बिशेष