सरकारी साक्षीले बयान फेरेपछि अख्तियारले चलायो मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी साक्षीले बयान फेरेको भन्दै उनीविरुद्ध आरोपत्र दायर गरेको छ ।

बिज्ञापन

ताहाचलस्थित राष्ट्रिय किताबखाना (शिक्षक)मा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाई ३ लाख रुपैयाँ घुससहित पक्राउ परेका थिए । पेन्सनपट्टा बनाइदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरी निवेदनका आधारमा उनलाई टङ्गालबाट खटिएको अख्तियार टोलीले नियन्त्रणमा लिएको थियो । उनलाई प्रतिवादी बनाएर अख्तियारले केही समय अगाडिमात्र विशेषमा मुद्धा चलाएको छ ।

बिज्ञापन

सोही घुस,रिसवत लिएको मुद्दामा नेपाल सरकार वादी र धनेश्वर प्रसाई प्रतिवादी रहेको मुद्दामा सरकारी साक्षीले बयान फेरेसँगै उनीलाई समेत विशेषले आरोपपत्र दायर गरेको हो । सरकारी साक्षी भोजराज भट्टराईले अनुसन्धान अधिकृतसमक्ष दिएको बयानको विपरीत विशेष अदालतमा बकपत्र गरेका थिए। संखुवासभा जिल्लाको पाँचखपन नगरपालिका वडा नं ६ निवासी भोजराज भट्टराईले विशेष अदालतमा दिएको बकपत्र अनुसन्धान अधिकृत समक्ष दिएको बयान विपरीत रहेको पुष्टि भएपछि उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारबाही गर्न आरोपपत्र दायर गरिएको हो।

उक्त आरोपपत्रमा भोजराज भट्टराईले प्रतिवादी धनेश्वर प्रसाईलाई तीन लाख रुपैयाँ घुस रिसवत दिएको पुष्टि भएको भन्दै सोही रकम बिगो कायम गरी कारबाहीको माग गरिएको छ। साथै, भ्रष्टाचार निवारण ऐन, २०५९ को विभिन्न दफाहरू अनुरूप जरिवाना र कैद सजायको व्यवस्था हुनुपर्ने माग गरिएको छ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

बिशेष