दलीय ट्रेड युनियनको खारेजीको मागसहित मन्त्रालमै कर्मचारीको धर्ना

दलीय कर्मचारी ट्रेड युनियनको खारेजीको मागसहित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सहरी विकास मन्त्रालयका नायव सुब्बा पशुपति पोखरेल धर्नामा बसेका छन् ।

बिज्ञापन

धर्नाकारीको संघीय निजामती ऐन जारी गर्नुपर्ने माग पनि रहेको छ ।यी मागहरु पूरा नहुन्जेलसम्म संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि ५ घन्टा धर्नामा बस्ने आयोजक पशुपति पोखरेलले बताए ।

बिज्ञापन

पटक पटक मागपत्र बुझाएपनि सम्वोधन नभएका कारण धर्ना गर्नुपरेको उनको भनाई छ । धर्नाकारीले नेपालको निजामती प्रशासनमा भएका विकृति अन्त्यको माग गरेका छन् ।

संघीय निजामती ऐन जारी गर्नुपर्ने, ३ महिने र लेनेदेने सरुवा बन्द गर्नुपर्ने, कर्मचारीलाई अतिरिक्त र बरण्डामा राखेर दाम तोकेर कामु तथा निमित्त तोक्ने कार्य बन्द हुनुपर्ने, स्थानीय तहका कर्मचारीमाथि भइरहेको विभेद रोक्नुपर्ने, कर्मचारीलाई पुरस्कार र दण्ड निष्पक्षरूपमा हुनुपर्नेलगायतको माग छ ।

बिज्ञापन

आइतबारदेखि दैनिक ५ घन्टा धर्ना बसिरहेका उनले माग पूरा नहुन्जेल संघर्ष नरोक्ने बताए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

आइतबार र सोमबार बिदा दिने सरकारको निर्णय

राष्ट्रका लागि लड्ने क्याप्टेन, जीवनका लागि एक्लै योद्धा

दलिय कर्मचारी संगठनको दादागिरी : वरिष्ठ अधिकृत हटाइ युनियन सल्लाहकारलाई प्रमुख बनाउन दबाब

भिषण वर्षाको जोखिमबीच दुई दिन सार्वजनिक बिदा दिन कर्मचारीको सुझाव

भारी वर्षासँगै राजमार्ग अवरुद्ध हुने सम्भावना : सडक विभागको सतर्कता अपिल

नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नागढुंगा सडकखण्ड पहिरोले अवरुद्ध

बागमती र मधेशमा चट्याङसहित वर्षा, मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह

बडादसैँ : धर्मको रक्षा र जीवनलाई प्रेरणा

बिशेष