सहसचिव नियुक्तिका लागि १० जना सिफारिस हुँदा ३ परे दलित समूदायबाट

हविगत कस्तो भने आरक्षण छुट्ट्याइएको छ ९ प्रतिशत तर प्रतिनिधित्व २ प्रतिशतभन्दा माथि छैन । निजामतीमा यस्तो खाडल देखिन्छ, दलित समुदायको ।

बिज्ञापन

केन्द्रीय तथ्यांक विभागको आँकडाअनुसार, दलित समुदायको संख्या ३९ लाख ४ सय ६९ अर्थात् कूल जनसंख्याको १३ दशमलव ४ प्रतिशत छ । प्रदेशगत रूपमा सबैभन्दा धेरै कर्णालीमा २३ दशमलव ५, कम बागमती प्रदेशमा ५ दशमलव ९ प्रतिशत छ । जसमा पहाडी दलित समुदाय ८ दशमलव ६ प्रतिशत, तराई दलित समुदाय ४ दशमलव ८ प्रतिशत छन् ।

बिज्ञापन

२०६४ सालमा निजामती सेवा ऐन संशोधन गरेर समावेशी कोटाअन्तर्गत ४५ प्रतिशत सिटमध्ये ९ प्रतिशत दलितलाई छुट्याइएको छ । तर, कार्यान्वयन भएको डेढ दशक नाघिसक्दा पनि निर्णायक तहमा अपवादका रूपमा छिटपुट दलितको प्रतिनिधित्व भेटिन्छ । निजामती सेवामा झण्डै ८० हजार दरबन्दी रहेकोमा दलितको प्रतिनिधित्व १६ सय हाराहारी रहेको अधिकारकर्मीहरू बताउँछन् । समावेशिताको सुन्दर पक्ष नै यही हो कि निजामतीमा पहिलो पटक दलित सचिवका रूपमा डा मानबहादुर बिकेले इतिहास कोर्न सफल भए । पाल्पाको एउटा दुर्गम गाउँमा जन्मेका उनी ०६९ सालमा दलित समुदायबाट पहिलो पटक प्रमुख जिल्ला अधिकारी बने । सचिवबाट अवकाशपछि मधेश विश्वविद्यालयको डिन छन् ।

उनीझैँ सचिव बन्ने लाइनमा छन्, प्रदीप परियार, सन्तबहादुर सुनार, मेघबहादुर मग्राती । यस्तै सीता परियार, कानुन अधिकृत प्रमोद बिके, अधिकृत नरेन्द्र परियारलाई पनि सम्भावना बोकेका प्रशासकको रूपमा हेर्ने गरिएको छ ।

बिज्ञापन

उसो त हिजोमात्र लोकसेवा आयोगले सहसचिव तहको नतिजा सार्वजनिक गर्दा एकै पटक तीन जना दलित कोटाबाट सहसचिवमा नाम निकाल्न सफल भएका छन् । आयोगले नेपाल प्रशासन सेवा,न्याय,परराष्ट्र,कानुन सेवाका लागि लिइएको परीक्षामा १० जना पास हुँदा तीन दलित समुदायबाट उत्र्तिण भएका हुन ।

आयोगको नतिजा अनुसार,प्रशासन सेवाबाट मुकेश डंगोल,एकदेव अधिकारी, सफल पोर्तेल,महिला कोटाबाट नीता शर्मा,दलित कोटाबाट लक्ष्मीकुमार विकलाई नियुक्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेको हो । प्रशासन सेवाबाट सफल पोर्तेल र लक्ष्मीकुमार विक दलित समूदायबाट नियुक्ति सिफारिस भएका हुन । यस्तै आयोगले सार्वजनिक गरेको नतिजा अनुसार नेपाल परराष्ट्र सेवाबाट दिपक विक र नेपाल न्याय सेवा सरकारी वकिल समूहबाट विवेक कुमार वराल र श्रीधर अर्याल नियुक्तिका लागि सिफारिस भएका छन् । यस्तै न्याय सेवा,न्याय समूहबाट अमित उप्रेती नियुक्तिका लागि सिफारिस गरिएको आयोगले जनाएको छ ।

नेपाल प्रशासन सेवा राजपत्रांकित प्रथम श्रेणी सहसचिव वा सो पदमा खुलाबाट संखुवासभाको सभापोखरी १ का सफल पोर्तेल, चामुन्डा विन्द्रासैनी २ दैलेखका लक्ष्मीकुमार विक र परराष्ट्रतर्फ चौरपाटी ५ अछामका दीपक विक सिफारिस भएका हुन् । यो सँगै अब दलित समुदायका सहसचिवको संख्या ९ पुगेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सुशासनमैत्री,नागरिकमैत्री कर्मचारीतन्त्र निर्माणमा दलको प्रतिवद्धता खोज्दै एकीकृत सरकारी कर्मचारी संगठन

प्रमुख प्रशासकीय अधिकृत,सव इन्जिनियरसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

निर्वाचन आचारसंहिताकै बीच नियामक निकायमा धमाधम नियुक्ति

‘सचिवस्तरीय’ निर्णयबाट भएको आधा दर्जन कर्मचारी सरुवा ‘मन्त्रीस्तरीय निर्णयले बदर

विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन

गृहमा अनेकन मनपरी : सहसचिवहरु जगेडामा,तालिम नलिएका कर्मचारीलाई धमाधम सिडियो

कर्मचारी सरुवामै चुनावी सरकारको ध्यान,निर्वाचन आचारसंहिता लाग्दा समेत सचिव सरुवा

पुनरावेदकको मागदावी पुग्ने अदालतको ठहर पछि यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

बिशेष