वडा सचिवमाथि कार्यकक्षमै भौतिक आक्रमण, दोषी उपर कानुनी कारवाही गर्न कर्मचारी संगठनको माग

 

बिज्ञापन

वडा सचिवमाथि कार्यकक्षमै भएको भौतिक आक्रमण र गाली गलौचको घटनाप्रति एकीकृत सरकारी कर्मचारी जिल्ला कार्यसमिति पाँचथरले निन्दा गरेको छ ।
फाल्गुनन्द गाउपालिका वडा नं ४ मा कार्यरत बडा सचिव पंचराज नेम्बाङलाई सेवाप्रवाहकै क्रममा भएको हातपात तथा गाली गलौचको घटनालाई एकीकृत सरकारी कर्मचारी संगठन जिल्ला कार्यसमितिले निद्या तथा भत्र्सना गरेको हो ।

बिज्ञापन

गत सोमबार मध्यान्ह १२ बजे फाल्गुनन्द गाउपालिका वडा नम्बर ४ का वडा सचिव पंचराज नेम्बाङलाई सेवा प्रवाह गरिरहेको अवस्थामा सोही बडा निवासी बुद्धहाङ नेम्बाङले गाली गलौज अश्लिल शब्द प्रयोग गर्दै भौतिक आक्रमण गरेर गम्भिर घाइते बनाएको घटनाको संगठनले घोर निन्दा एवं भत्सर्ना गरेको हो ।

संठगनको जिल्ला कार्यसमितिका अध्यक्ष गणेशमान श्रेष्ठ हस्ताक्षरित विज्ञप्तिमा उक्त घटनाको सत्य तथ्य छानविन गरी दोषी उपर निष्पक्ष तथा कडाभन्दा कारबाहीको माग गरेको छ ।

बिज्ञापन

घटनालाई प्रभावित पार्ने कार्य भए वा गरेमा गठन प्रतिवादमा उत्रने समेत चेतावनी संगठनले दिएको हो ।


विज्ञप्तिमा अगाडि भनिएको छ,संघीय शासन व्यवस्थात्ताई संस्थागत गर्ने राष्ट्रसेवकहरु माथि हुने यस्ता अराजक हिंस्रक व्यवहारले कसैको भलो हुदैन । सार्वजनिक सेवा प्रवाहलाई गुणस्तरीय र जनमैत्री बनाउन सबै पक्ष जिम्मेवार हुनु पर्दछ । दोषीलाई कानुन बमोजिम कारबाही गरी राष्ट्रसेवक कर्मचारीहरुलाई सुरक्षित एवं मर्यादित रुपमा काम गर्ने वातावरण बनाउन तथा यस प्रकारको अमानवीय घटनाहरु पुनः दोहोरिन नदिन संबद्ध पक्षसँग माग समेत गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पालिकाका कर्मचारीसँग नक्कली शैक्षिक प्रमाणपत्र,अख्तियारले चलायो भ्रष्टाचार मुद्धा

बजारमा ग्यासको हाहाकार,आयल निगमलाई प्रतिवादी बनाएर सर्वाेच्चमा रिट दायर

आज पनि नबस्ने भयो क्याविनेट,दर्जनौं प्रस्ताव होल्ड

प्रत्यक्ष निर्वाचित सांसदबाटै मन्त्री बनाइने,मन्त्रालयको संख्या घटाइने

चुनाव जित्नेको भन्दा हार्नेहरुको खर्च धेरै

८ मन्त्रालय र ७०१ कर्मचारी दरबन्दी कटौतीको प्रस्ताव,कार्यन्वयन भए बार्षिक ४८ करोड बचत

बागमती प्रदेशमा मन्त्रालय कटौतीको प्रस्ताव, ७०१ कर्मचारी दरबन्दी घटाउने सुझाव

प्रधानमन्त्रीका स्वकीयको फोनपछि सतर्कता केन्द्रमा तरंग, सचिव तनावमा

बिशेष