भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्रीको पिएको आतङ्क रहेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालका जिल्लावासी इन्जिनियर प्रमोद खतिवडाको कारण मन्त्रालय आतंकित बनेको छ। मन्त्रालयका कर्मचारीहरूको सरुवा गर्दा उनको पुरै हस्तक्षेप रहेको त्यहीको कर्मचारीहरू बताउँछन्। देवेन्द्र दाहाल मन्त्री बनेर गए यता १५० इन्जिनियरहरूको सरुवा गरेको छ। उक्त सरुवा गर्दा ३ करोड भन्दा बढी उठाएको त्यस्तै ६० जना सिनियर डिभिजन इन्जिनियरहरूको सरुवा गर्दा प्रत्येकबाट १० लाख सम्म उठाइएको मन्त्रालयमा चर्चा रहेको छ।
बिज्ञापन
नियम अनुसार इन्जिनियरहरूको सरुवा विभागले गर्दछ भने सिनियर डिभिजन इन्जिनियरहरूको सरुवा मन्त्रालयको सचिवस्तरीय निर्णय हुने गर्दछ तर, उक्त सरुवामा विभागका महानिर्देशक रामहरी पोखरेलदेखि मन्त्रालयका सचिव केशव बिडारी शर्मालाई समेत बायस गरेर सरुवा गरेको चर्चा रहेको छ। यस्तै शैलीको कारण सचिव, सह-सचिवहरु समेत आजित बनेको छन्।
बिज्ञापन
त्यस्तै पछिल्लो समय भौतिक पूर्वाधर तथा यातायात मन्त्रालयमा निमित्तको आतंकै छ । झण्डै ३० जना इञ्जिनियरहरु तथा १५ डिभिजन इञ्जिनयरहरु जिम्मेवारविहिन बनाइएको छ । सिनियर कर्मचारीहरुलाई बरण्डामा थन्काएर भर्खरैमात्र इञ्जिनियर बनेका झण्डै एक दर्जन बढी कर्मचारीहरुलाई निमित्तको जिम्मेवारी दिएर मन्त्रीका सचिवालयले नाजायज लाभ लिएको जिम्मेवारविहिन केही कर्मचारीहरुको आरोप छ । यस काममा पनि इन्जिनियर खतिवडाको ठूलो भूमिका रहेको मन्त्रालयका कर्मचारीहरू बताउँछन्। उनकै डिजाइन अनुसार सिनियरलाई बायस गरेर जुनियरलाई पठाएको स्रोतले बताएको छ।
मन्त्रालयका अनुसार ठूला योजनामा आयोजना प्रमुख उपसचिवसरह डिभिजन इन्जिनियर हुनुपर्नेमा इन्जिनियरलाई लाई निमित्त दिइएको छ। जस्तो सडक डिभिजन बैतडीमा लक्ष्मण दत्त जोशी, सडक डिभिजन, साँफेबगरमा नेत्रप्रसाद देवकोटा, सडक सुधार तथा विकास योजना कार्यालय दोलखामा ईश्वर कार्की, कर्णाली करिडोर उत्तरखण्ड (हिल्सा सिमिकोट सडक योजना)मा बेलबहादुर नेपाली, कर्णाली करिडोर दक्षिण खण्ड (खुलालु सल्ली सल्ला सडक योजना)मा तुलाराम शर्माले निमित्तको जिम्मेवारीमा छन् ।
बिज्ञापन
यस्तै, महाकाली कोरिडोर (चाँदनी गड्डाचौकी ब्रह्मदेव झुलाघाट दार्चुला तुषारपानी) सडक योजनामा दीपक सुनार, सेती राजमार्ग (उत्तरखण्ड) थामलेक चैनपुर ताक्लाकोट सडक योजनामा वीरेन्द्रकुमार यादव, सेती राजमार्ग (दक्षिण खण्ड) टीकापुर लोडे थामलेक सडक योजनामा वीरेन्द्रबहादुर चन्द, धनगढी (हसनपुर) खुटिया बिपी नगर गढशेरा तथा दिपायल सडक योजनामा लक्ष्मणबहादुर रावलले निमित्त चलाएका छन्।
यसरी अधिकृतहरुलाई निमित्तको जिम्मेवारी दिँइदा झण्डै १५ जना उपसचिवस्तरका डिईहरु कार्यालय पुग्ने हाजिर गरेर फर्कनेमा सीमित छन् । यस्का अलवा ३० जना इञ्जिनियरहरुले समेत कुनै जिम्मेवारी पाएका छैनन् । मन्त्रालयका एकजना इन्जिनियरले भने “मोटो रकम बुझाउने आफूले खोजेको ठाउँमा पठाउने गरेको छ भने बुझाउन नसक्नेलाई बरणडामा थन्काउन थालिएको छ ।”
यसरी दर्जनौं कर्मचारीहरु जिम्मेवारविहिन हुँदा मन्त्री देवेन्द्र दाहालले आफ्नो जिल्लाका एक कर्मचारीलाई भने दोहोरो जिम्मेवारीमा राखेका छन् । मन्त्री दाहाल झापा क्षेत्र नम्बर पाँचका हुन भने उनको सचिवालयमा रहेका प्रमोद खतिवडा,झापा क्षेत्र नम्बर एकका । प्रमोदको दरबन्दी डिभिजन सडक कार्यालय काठमाडौंमा रहेको छ । हालैमात्र नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय सदस्यमा टीका लगाएका उनलाई मन्त्री दाहालले सचिवालयमा ल्याएका बताइए पनि सामाचार स्रोतको दावी चाहिँ डिई विनोद भट्टराईको सिफारिसमा उनी मन्त्रीको सचिवालयमा पुगेका बताउँछ । खतिवडाको कार्यशैलीकै कारण अहिले भट्टराई र खतिवडाबीचको सम्बन्ध समेत सुमधुर नरहेको दावी गरिएको छ ।
यसरी मन्त्रीको सचिवालयमा बसेर कर्मचारी सरुवा,निमित्त हाकिम बनाएर चलखेलमा सक्रिय रहेको भौतिक मन्त्रालयका कतिपय इञ्जिनियरहरुको आरोप लगाउँछन् ।
यो बिषयमा उनीसँग जिज्ञासा राख्दा आफूले सरुवामा कुनै हस्तक्षेप नगरेको र कसैसँग एक रुपैंया लिएको रहेछ भनेर फूलमाला लगाइदिने प्रतिक्रिया दिएका छन् ।
यस अघि कमाउ कार्यालय मानिने डिभिजन कार्यालय सुर्खेत,वुटवल,हुलाकी कार्यालय इटहरी,डिभिजन कार्यालय काठमाडौंमा कार्यरत रहेका उनीलाई दिइएको दोहोरो जिम्मेवारीको सम्बन्धमा अख्तियारले समेत नाजायज र स्वार्थको द्धन्द भनेको छ ।
अख्तियारमा बसिसकेका एक जना सचिवले मन्त्रीको सचिवालयमा बसेका कर्मचारीलाई अर्काे कार्यालयको समेत जिम्मेवारी दिदा स्वार्थको द्धन्द हुने तर्क गरे । र, नियम अनुसार त्यस्तो गर्न नमिल्ने जनाए ।
पछिल्लो समय मन्त्रीको सचिवालयमा बसेका उनै भट्टराईकै हस्तक्षर र कार्यदेश भेटिन्छ डिभिजन सडक काठमाडौंका अधिकांश पत्रहरुमा । यस सन्दर्भमा कार्यालय प्रमुख नारायणदत्त भण्डारीसँग जिज्ञासा राख्दा मन्त्रालयबाटै भए गरेको निर्णय अनुसार काम भएको प्रतिक्रिया दिए । उता खतिवडाले भने मन्त्री देवेन्द्र दाहालले आफ्नो योग्यता,क्षमता र मन्त्रालय तथा डिभिजन सडक कार्यालयको आवश्यक्ता महसुस गरेरै दोहोरो जिम्मेवारी दिनुभएको प्रतिक्रिया दिए ।