राजपत्र अनंकित संरक्षण अभियानले उठाउँदै आएको मुद्धा पुरा गराउन नेराकस दत्तचित्त भएर लाग्ने प्रतिबद्धता

निजामती सेवामा राजपत्र अनंकित संरक्षण अभियानको केन्द्रीय कार्यकारी समितिले नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका पदाधिकारीसँग छलफल गरेको छ ।

बिज्ञापन

आफूहरुले उठाउँदै आएको मुद्धामा सहयोग गर्ने माग गर्दै संगठनले नेराकसका पदाधिकारीहरुसँग भेटघाट गरेको हो । अभियानका संयोजक ध्रुव ज्ञवालीको नेतृत्वमा सहसंयोजकहरु सुरज निरौला,श्रीराम पौडेल तथा सदस्यहरु पुण्य प्रसाद ढकाल, प्रकाश भट्टराई, रेवती प्रसाद गिरीलगायतको टोलीले छलफल गरेको हो ।

बिज्ञापन

नेराकसका अध्यक्ष अध्यक्ष अम्बादत्त भट्ट,,उपाध्यक्ष लोकेन्द्र चौलागाई, सचिब हरिलाल बिक सुनार लगायतका पदाधिकारीसँग भएको छलफलमा निजामती सेवामा राजपत्र अनंकित संरक्षण अभियानले उठाउदै आएका मागका सम्बन्धमा आगामी दिनमा के कसरी अगाडि बढन सकिन्छ भन्ने बारेमा छलफल भएको अभियानका सह संयोजक सुरज निरौलाले जनाए ।


छलफलका क्रममा अभियानले उठाउदै आएका विषयमा नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन संवेदनशील भएको रहेको र अभियानको माग पुरा गराउन राष्ट्रिय कर्मचारी सङ्ठन दत्त चित्त भएर लाग्ने प्रतिबद्धता समेत जनाएको छ ।
अभियानले अन्य राष्ट्रिय स्तरका ट्रेड युनियनसँग समेत भेटघाट तथा छलफल गरी आफूहरुले उठाउँदै आएको माग पूरा गराउन र दवाब सृजना गराउन लागि पर्ने सहसंयोजक निरौलाको भनाई छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

लेखा अधिकृत पौडेलविरुद्ध २ करोड ५८ लाखको मनी लाउन्डरिङ मुद्दा

साढे चार बर्षमा १० पटक सरुवा भएका सचिव

गृहमन्त्री गुरुङ र अख्तियार प्रमुख राईबीच भेटवार्ता, के भयो कुराकानी ?

गृहको रिर्पोट कार्ड : कार्यसम्पादनमा मनाङ अब्बल,सबैभन्दा कमजोर काठमाडौं

मन्त्रीको विदेश भ्रमण अस्वीकृत,सहसचिव जाने

विभागमा उपसचिव खटाउने बिषयमा सचिव र सहसचिवको टकराब

बेलायतको “पिआर”,प्रधानमन्त्रीको कानुनी सल्लाहकार ?

बढुवाका यी तीन विज्ञापनमा शून्य आवेदन

बिशेष