ज्ञानेन्द्र शाहीको विष्णु रिमाललाई अर्को कटाक्ष- वडा अध्यक्षको तयारी गर्नुस् !

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओली र उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई अर्को चेतावनी दिएका छन् ।

बिज्ञापन

सामाजिक सञ्जालमा लेख्दै शाहीले प्रधानमन्त्री ओलीलाई प्रत्यक्ष जनताबाट निर्वाचित कार्यकारीको लागि तयार हुन र रिमाललाई वडा अध्यक्षको तयारी गर्न कटाक्ष गरेका हुन् ।

बिज्ञापन

उनले भनेका छन्-  

आदरणीय भनौ भने कसरी भनौँ तपाईंका शब्द सुन्दा आदरणीय भन्ने शब्द नै बेकार भएछ प्रधानमन्त्रीको प्रमुख सल्लाहकारले लोकतन्त्रको  स्याल हुयाँ दिन बन्द गर्नुहोस ।अर्को कुरा जुन लोकतन्त्रको कुरा गरिराख्नुभएको छ के प्रधानमन्त्री केपी शर्मा ओलीज्युलाई प्रत्यक्ष जनताले चुनेका हुन् ? के महामहिम राष्ट्रपति प्रत्यक्ष जनताले चुनेका हुन् ? । लोकतन्त्र त तपाईँहरू जस्ता अलोकतान्त्रिक व्यक्तिहरुलाई लुटी खाने भाँडो भयोl लुटतन्त्र मच्चाउने धन्दा भयो। यदि दम र हिम्मत छ भने प्रधानमन्त्री केपी शर्मा ओलीज्युलाई प्रत्यक्ष जनताबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीका लागि तयार गराउनुस्। र तपाईं प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालज्यू वडा अध्यक्षको तयारी गर्नुस् ।

बिज्ञापन

यस अघि सोमबार शाहीले आइतबार पूर्वराजाको स्वागतमा भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बीर प्रधानमन्त्री ओलीको निर्देशनमा रिमालले राख्न लगाएको आरोप लगाएका थिए । शाहीको आरोपको जवाफ दिदै रिमालले उनलाई ‘नालायक’ भनेका थिए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

९ जना लेखा अधिकृतको सरुवा

लेखाका १२ उपसचिवहरुको सरुवा

निजामतीमा राजीनामा दिनेको लर्काे,पछिल्लो ४ बर्षमा २९ सयले बीचमै छाडे जागिर

भिजिट भिसासम्बन्धी ६ बुँदे मापदण्ड खारेज,यसरी बनाइँदैछ सरलीकृत

स्थानीय तहमा खटाइएका १७९ हाकिमहरु दुई महिनादेखि सिंहदरबारमै

विचौलियालाई समाएर घुस्याहा कर्मचारीलाई उन्मुक्ति दिने तयारी

खरिदार र नायब सुव्वा तहका कर्मचारीहरुको सरुवा

एक लाख घुससहित रंगेहात पक्राउ परेका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा दायर

बिशेष