“विवेकशील आर्दश इन्भेष्टमेन्ट कम्पनीमा मेरो कुनै संग्लनता छैन” : ई. घले

 

बिज्ञापन

ईञ्जिनियर अमृत घलेले विवेकशील आर्दश इन्भेष्टमेन्ट कम्पनीमा आफ्नो कुनै संग्लनता नरहेको प्रष्टाएका छन् । पछिल्लो समय यही कम्पनीका माध्यमबाट रसुवा,नुवाकोट,काठमाडौंदेखि सिन्धुलीसम्मका सोझा सिधा जनताबाट शेयरका नाममा रकम उठाएर अपचलन गरिएको बिषय बाहिर आएसँगै उनले त्यस कम्पनीमा आफ्नो कुनै संलग्नता नरहेको र आफ्नो माध्यममबाट कोही कसैसंग पनि आर्थिक संकलनमा संलग्न र जिम्मेवारी नरहेको प्रष्टाएका हुन ।

बिज्ञापन

आठ बर्ष अगाडि समृद्धी सम्भव छ आफ्नै पालामा भन्ने नाराका साथ तत्कालीन नयाँ शक्तिको उत्पादन तथा समृद्धि विभागप्रमुख रहेका रसुवाका सांसद प्रेम तामाङको योजनामा स्थापना गरिएको विवेकशील आदर्श इन्भेस्टमेन्ट प्रा लि धुन्चे, रसुवाको नाममा सो आयोजनाको शेयर भर्ने भन्दै रसुवाबाट ६ करोड उठाएर सर्वसाधरणको विल्लीवाठ पारिएको, न त शेयर भन्दै लगानी गरेको पैसा सर्वसाधरणले साँवा नै फिर्ता पाए न त व्याज नै न त उनीहरु मैलुङखोला जलविद्युत आयोजना ‘ए’को शेयरधनी नै ।

अहिले प्रकरणमा आफूलाई जोडिएपछि अमृतले विज्ञप्ति जारी गर्दै भनेका छन्, नयाँ शक्ति पार्टी गठन पूर्व ०७२ फागुन २७ मा रसुवा सदरमुकाम धुन्चेमा भएको बृहत् अन्तरकृया कार्यक्रम पश्चात तत्कालिन जिल्ला अभियन्ताको तर्फबाट मैले नयाँ शक्ति राष्ट्रिय अभियानका संयोजक डा बाबुराम भट्टाराई समक्ष उत्पादन र स्वरोजगार सम्बन्धि महत्वपूर्ण र दुरगामी योजना प्रश्तुत गरेको थिए। जिल्लाको तर्फबाट प्रस्तुत योजना निकै दीर्घकालिन, रोजगार मुलक तथा सम्बृद्धिका लागि कोशे ढुंगा सावित हुने भन्दै आफ्नो पूर्ण साथ, समर्थन र सहयोग रहने भन्दै अघि बढ्न हौसला दिनुभएको थियो ।

बिज्ञापन

सोहि योजना मुताबिक तत्कालीन हरेक गाउँ विकास समितिबाट दुई दुई जना प्रतिनिधि सहित कागजपत्र तयर गर्ने जिम्मा पाएको थिएँ । तर केहि समय पछि संकलित रकम घर जग्गा लगायतमा लगानी गर्ने योजना अगाडि बढेपछि आफूले अस्वीकार गरेको घलेले जनाएका छन् ।

यस्तै ०७३ फागुन २१ गते यसरी संकलन गरिएको रकम जलविद्युत परियोजनामा लगानी गर्नका लागि गरिएको प्रस्ताव समेत आफूले अस्वीकार गरेको,कम्पनी दर्ता प्रकृयामा समेत आफूलाई कुनै जानकारी नदिइ कम्पनीको शेयर सदस्य किताबमा सदस्यको रुपमा मेरो हस्ताक्षर विना संलग्न गराईएको उल्लेख गर्दै विवेकशील आर्दश इन्भेष्टमेन्ट कम्पनीमा आफ्नो कुनै संग्लनता नरहेको विज्ञप्तिमार्फत प्रष्टाएका हुन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अवकाशको मुखमा अख्तियार

६ सचिवको सरुवा,अख्तियारमा शर्मा

६० हजार करार कर्मचारी हटाउने प्रस्ताव तयार,काम छाडेर धर्नामा उत्रिए कर्मचारी

कर्णाली प्रदेश सरकारमा किचलो : चार मन्त्रीले दिए राजीनामा

हिजो विज्ञापन रद्ध,आजै दरखास्त आह्वान

८० प्रतिशत विपद्को कारक जलवायु परिवर्तन–सरकारसँग छैन आर्थिक र गैह्रआर्थिक हानी नोक्शानीको एकीकृत तथ्यांक

एलपी ग्यास पुनः १४.२ केजीकै सिलिण्डरमा विक्री गरिने, प्रतिसिलिण्डर ९३७ रुपैयाँ घाटा

‘जान्नेलाई छान्ने’ नियुक्तिमा उमेर हद नमान्ने

बिशेष