आधुनिक भन्सार प्रशासनको लागि दक्ष जनशक्तिको आवश्यक:- महानिर्देशक भट्टराई

काठमाडौं । अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि दफावार छलफल भएको छ ।

बिज्ञापन

शुक्रबार प्रतिनिधिसभा अन्तरगत अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि दफावार छलफल भएको हो ।
छलफलमा भाग लिँदै भन्सार विभागका महानिर्देशक महेश भट्टराईले दक्ष जनशक्ति, आधुनिक प्रविधि र इन्टेलिजेन्स तीन तत्वहरुबाट मात्रै आधुनिक भन्सार प्रशासन चल्न सक्ने भन्दै यसको लागि जनशक्तिको क्षमता विकास गर्नुपर्ने आवश्यक रहेको बताए । भन्सार प्रशासनलाई आधुनिक बनाउन निरन्तर लागि परेको पनि उनले बताए ।

बिज्ञापन

उनले भने,‘ अबको आधुनिक भन्सार प्रशासन भनेको दक्ष जनशक्ति, आधुनिक प्रविधि र इन्टेलिजेन्स यी तीन तत्वहरुबाट मात्रै आधुनिक भन्सार प्रशासन चल्न सक्छ यसको लागि जनशक्तिको क्षमता विकास गर्नुपर्ने छ । आधुनिक प्रविधिको स्थापना र प्रयोग गर्नुपर्ने छ । यसको लागि हामी निरन्तर लागेको छौं ।’

त्यस्तै उनले नेपालको प्रयोजनको लागि सरकारका ल्याबहरुलाई नै मान्यता दिएको पनि जानकारी गराए ।
उनले भने,‘आयात हुने वस्तुको गुणस्तर परीक्षण गर्नको लागि भन्सार विभागमा एउटा ल्याब छ । प्रमुख भन्सार नाकाहरुमा पनि सानो ल्याब छ । नेपालको प्रयोजनको लागि सरकारका ल्याबहरुलाई हामीले मान्यता दिएका छौं । यी ल्याबले प्रमाणित गरेको चीजहरुलाई हामी आयात गर्न अनुमति दिन्छौ ।’

बिज्ञापन

त्यस्तै कानुन मन्त्रालयका सह सचिव होमबहार केसीले भन्सार परिसरभित्र नै सबै सुविधा उपलब्ध गराउने कुरामा राज्यले लगानी गरेर प्रयोगशाला खोल्नलाई कुनै समस्या नरहेको बताए ।

उनले भने,‘भन्सार परिसरभित्र नै सबै सुविधा उपलब्ध गराउने कुरामा राज्यले लगानी गरेर प्रयोगशाला खोल्नलाई कुनै समस्या छैन् ।’

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष