पूर्व सचिवको पुस्तक बजारमा

वरिष्ठ मनोचिकित्सक एवं पूर्व स्वास्थ्य सचिव डा.निराकार मान श्रेष्ठले लेखेको ‘मनोस्वास्थ्य तथा मनोरोग’ पुस्तक बजारमा आएको छ ।

बिज्ञापन

हालै सार्वजनिक गरिएको पुस्तकमा मानसिक स्वास्थ्य र त्यसको महत्व, मानसिक रुपमा स्वास्थ्य रहने उपाय, मानसिक रोगसम्बन्धी केही आत्मविश्वास तथा गलत धारणा, मानसिक रोगका प्रकारबारे स्पष्ट रुपमा प्रकाश पारिएको छ ।

बिज्ञापन

त्यसैगरी, फोबिक डिसअर्डरदेखि हिस्टेरिया, आत्महत्या, सुस्तमनस्थिति, माइग्रेन, अल्जाइमर्स र नेपालमा मानसिक रोगको उपचारमा देखिएका समस्या र निराकरणबारे पुस्तकमा चर्चा गरिएको छ ।

विभिन्न धार्मिक उक्ति र नीतिशतकका केही दृष्टान्तसहित आध्यात्मिक ज्ञानको आधारमा लागुऔषध दुर्व्यसनका विभिन्न पक्षबारे पुस्तकमा उल्लेख गर्दै लेखक श्रेष्ठले मानव जीवनमा शान्ति तथा सुःख प्राप्त गर्ने तरिका, चञ्चल मनको नियन्त्रण गर्ने विधि सिकाएका छन् ।

बिज्ञापन

उनले मानसिक रोगको उपचार गराइरहेका बिरामीको परिवार वा आफन्तले बुझ्नुपर्ने र ध्यान दिनुपर्ने विषय पनि किताबमा उल्लेख गरेका छन् । मानसिक स्वास्थ्य सेवालाई सुदृढ तथा सशक्त पार्ने उपायबारे पनि उनले जानकारी गराएका छन् ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

बिशेष