१६ करोड लागतमा गोदा वेणुगोपाल मन्दिरको पुर्ननिर्माण सम्पन्न, साता दिनसम्म विशेष धार्मिक अनुष्ठान

काठमाडौँ महानगरपालिका–२९ मैतीदेवीचोकस्थित श्री गोदा वेणुगोपाल भगवानको नवनिर्मित मन्दिरमा आजदेखि विशेष धार्मिक अनुष्ठान आयोजना गरिने भएको छ । ७२ सालको भूकम्पका कारण क्षती पुगेर हालैमात्र पुर्ननिर्माण सम्पन्न भएको उक्त मन्दिरमा साताव्यापी विशेष धार्मिक अनुष्ठानको आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

बिज्ञापन

समितिका अनुसार, ०२२ सालमा दिवंगत भएका १००८ श्री निवासाचार्य स्वामीजीले स्थापना गर्नुभएको सो मन्दिर ०७२ सालको भूकम्पले क्षति पुगेको थियो । संघ, प्रदेश, स्थानीय तह तथा भक्तजनको सहयोगमा करिब १६ करोडको लागतमा मन्दिर पुनर्निमाण सम्पन्न भएको हो ।  मन्दिरमा २०२२ सालदेखि वैष्णवीय दीक्षाका साथै वैदिक सनातन धर्मको प्रचार प्रसार हुँदै आएको छ । स्वर्गीय रामशोभा रामानुजदासीले दान दिनुभएको ४ रोपनी ४ आना क्षेत्रफलमा निर्माण भएको मन्दिरमा भगवान्, महालक्ष्मी र आलवार आचार्य गरी ३ सन्निधि रहेको छ । सो मन्दिरमा ८ सयजना बस्न मिल्ने धर्मशाला, गौशाला, यज्ञकुण्ड रहेको छ । यस्तै आगामी शैक्षिक सत्रबाट गुरुकुल पनि सञ्चालन गर्ने तयारी गरिएको मन्दिरका मठाधीश स्वामीयतीन्द्राचार्यले जानकारी गराउनुभयो ।

बिज्ञापन

दिव्यदेश शैलीमा निर्माण गरिएको मन्दिरमा तोताद्रिमठका ३१ औं पीठाधिपति जगद्गुरु श्री १००८ मधुरकवि वानमामलै रामानुज जीयर स्वामीजीको प्रमुख आचार्यत्वमा यही फागुन २१ देखि २६ गतेसम्म प्राण–प्रतिष्ठा एवं महा संप्रोक्षण कार्यक्रमको आयोजना समेत गरिएको जनाइएको छ । जस अनुसार,फागुन २१ गते साँझ सभाप्रार्थना, विष्वक्सेन आराधना, पुण्याहवाचन, रक्षाबन्धन, मृत्संग्रहण, अङ्कुरार्पणहवन, पूर्णाहूति, दिव्यप्रबन्ध सेवकालम र तीर्थगोष्ठी हुने छ । २२ गते यागशालाामा द्वारतोरण ध्वजकुम्भादि आराधना, अग्निप्रतिष्ठा, वेदादि पारायण हवन, पूर्णाहूति, वास्तुपूजा, पञ्चगव्य–प्राशन, नवकलशस्नपन, जलाधिवाास, मूलमूर्तिहवन, पूर्णाहूति र तीर्थप्रसाद वितरण हुने कार्यक्रम राखिएको छ ।

फागुन २३ गते यागशालामा द्वारतोरण ध्वजकुम्भादि, महाकुम्भ उपकुम्भादि आराधना, शान्तिपाठ, तीर्थगोष्ठी, मूलमूर्ति हवन, पूर्णाहूति, सात्तुमुरै, तदीयाराधना, जलादुद्धरण, नवकलशस्नपन, धान्याधिवास र होमादि हुने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द अधिकारीले बताउनु भयो ।

बिज्ञापन

यसैगरी फागुन २४ गते नित्य यागशाला आराधना, अष्टाक्षरी वासुवेव हवन, पूर्णाहुति र स्नपन, शय्याधिवास र फलपुष्पाधिवास हुने छ । फागुन २५ गते नित्य यागशालामा हवन, छायाधिवास, २५ कलशस्नपन, तत्त्वन्यास हवनादि, यन्त्रस्थापन, विम्बप्रतिष्ठा, अष्टबन्धन, नित्यहोमादि, यन्त्रस्थापना, विम्बप्रतिष्ठा, नित्यहोमादि र तीर्थप्रसाद हुने छ भने अन्तिम दिन फागुन २६ गते यागशालामा आराधना हवन, मासबलि, महापूर्णाहुति, नेत्रोन्मीलन, महासंप्रोक्षण, प्रथम आराधना, सात्तुमुरै, मठाधीश पट्टाभिषेक, आचार्य संभावना र तदीयाराधना रहेको छ ।

यसैबीच नवनिर्मित मन्दिरमा यही फागुन २१ गतेदेखि विशेष धार्मिक अनुष्ठान आयोजना गरिएको छ । फागुन २६ गतेसम्म हुने कार्यक्रमअन्तर्गत गोदा वेणुगोपाल भगवानको प्राणप्रतिष्ठा एवं महासंप्रोक्षण अनुष्ठान गर्ने कार्यक्रम रहेको छ । पाँचदिने कार्यक्रमअन्तर्गत २१ गते साँझ सभाप्रार्थना, २२ गते ध्वजकुम्भादि आराधना, अग्निप्रतिष्ठा, वेदादि पारायण, २३ गते शान्तिपाठ, तीर्थगोष्ठी, पूर्णाहूति, २४ गते अष्टाक्षरी वासुदेव–हवन २५ गते तत्त्वन्यास हवनादिलगायत कार्यक्रम रहेका छन् । फागुन २६ गते मासबलि, महापूर्णाहूति महासंप्रोक्षणलगायत कार्यक्रम तय गरिएको मन्दिरका मठाधीश स्वामीयतीन्द्राचार्यले जानकारी दिनुभयो । कार्यक्रम तोताद्रिमठका पीठाधिपति श्री १००८ रामानुज जीयर स्वामीजीको प्रमुख आचार्यत्वमा अनुष्ठान सम्पन्न हुने छ ।

कार्यक्रमअन्तर्गत साधारण अर्चनादेखि विशेषकर्ता बन्न मिल्ने सेवा क्रम तय गरिएको छ । एक हजार एक सय रुपैयाँमा साधारण अर्चनादेखि सात लाख रुपैयाँ अर्चनासहित विशेष कर्ता बन्न सकिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द अधिकारीले बताउनुभयो । समारोहमा नेपाल र भारतका विभिन्न आचार्य, साधुसन्त एवं धर्मानुरागीलाई आमन्त्रण गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

बिशेष