दरबन्दी लुकाउने सामान्यलाई अदालतको झड्का,४७ पद थपेर खुल्यो अधिकृतको विज्ञापन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दरबन्दी लुकाउँदै आएको बिषय फेरि प्रकाशमा आएको छ । आयोगले यस अघि एकै पटक ४२० शाखा अधिकृतका लागि विज्ञापन खोल्दा दरबन्दी लुकाएर विज्ञापन खोलिएको बिषय अदालतमा प्रवेश पाएपछि स्थगित भएको शाखा अधिकृतको विज्ञापन फेरि प्रकाशन भएकोछ,संख्या थपेर ।

बिज्ञापन

लोकसेवा आयोगले झण्डै तीन महिना पछाडि नेपाल प्रशासन सेवा लेखा समूहको साविक विज्ञापित पद संख्यामा थप ४७ पद थपेर अर्काे विज्ञापन खोलेको छ । यस अघि उच्च अदालत पाटनले शाखा अधिकृत तहको बढुवा विज्ञापन अगाडि नबढाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आदेश दिएसँगै अधिकृतको विज्ञापन प्रभावित भएको थियो ।

बिज्ञापन

यस अघि संघीय मामिला तथा सामान्य प्रशासनले पद लुकाएर विज्ञापन माग गरेपछि सोही अनुसार लोकसेवाले गत मंसिर २६ गते एकै पटक ४२० अधिकृत तहका लागि विज्ञापन खुलाएको थियो । आयोगले खुला,समावेशी र जेष्ठताबाट गरी कूल ४२० पदमा विज्ञापन प्रकाशन गरेको थियो । जेष्ठता र कार्यसम्पादनद्धारा हुने बढुवाद्धारा पूर्ति गर्नुपर्ने पदमा निजामती सेवा ऐन २०४९,कर्मचारी समायोजन ऐन २०७५ र राष्ट्रिय मानव अधिकार आयोग सेवाका कर्मचारीको हकमा राष्ट्रिय मानव अधिकार आयोगका कर्मचारीहरुका सेवा,शर्त र नियमावली अनुसार क्रमश न्याय समूहका लागि २२,न्याय सेवा,कानुनतर्फ ५,सरकारी वकिल ७,परराष्ट्र सेवातर्फ २८,प्रशासन सेवा,सामान्य प्रशासन समूहतर्फ २५,लेखा समूह १८,राजश्वतर्फ १३ र लेखापरीक्षणतर्फ ४ पद गरी १२२ पदमा बढुवाद्धारा पदपूर्ति गर्न भन्दै विज्ञापन गरेको थियो ।

यस्तै मानव अधिकारसेवातर्फ २ पदमा विज्ञापन खुलाइएको थियो भने आयोगले खुला तथा समावेशी प्रतियोगिताबाट न्याय,कानुन,सरकारी वकिलतर्फ ८१ पदमा, परराष्ट्र,प्रशासन,लेखा,राजश्वतर्फ गरी खुला ११६,महिला ३३,आदिवासी जनजाती २४,मधेसी २२,दलित १०,अपाङ्ग ४ र पिछडा क्षेत्रबाट ४ गरी २१३ पदमा विज्ञापन खुलाएको छ ।यस्तै आयोगले राष्ट्रिय मानव अधिकारतर्फ ४ पदमा विज्ञापन खोलेको थियो ।

बिज्ञापन


आयोगका अनुसार,न्याय सेवातर्फ ८१,प्रशासनतर्फ २१३ र मानव अधिकारतर्फ ४ गरी २९८ खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्न लागिएको हो भने बढुवाबाट १२२ पदमा पदपूर्तिका लागि विज्ञापन खोलिएको हो ।
सोही विज्ञापन मध्ये जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाका खुलाइएको विज्ञापनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई विपक्षी बनाउँदै कर्मचारीहरु उच्च अदालत पुगेका थिए ।
जस अनुसार,आयोगले नेपाल प्रशासन सेवा लेखा समूहतर्फ यस अघि जेष्ठता तथा कासमूद्धारा हुने बढुवा १८ वटा पदमा मात्र विज्ञापन खोलिएकोमा थप १४,खुलातर्फ १८ कोटा थपेर ४२,महिला ५,आदिवासी जनजाती ४,मधेसी ३,दलित २ र अपागं कोटामा थप १ गरी कूल ४६ पद थपेर शाखा अधिकृतको विज्ञापन खुलाइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सुशासनमैत्री,नागरिकमैत्री कर्मचारीतन्त्र निर्माणमा दलको प्रतिवद्धता खोज्दै एकीकृत सरकारी कर्मचारी संगठन

प्रमुख प्रशासकीय अधिकृत,सव इन्जिनियरसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

निर्वाचन आचारसंहिताकै बीच नियामक निकायमा धमाधम नियुक्ति

‘सचिवस्तरीय’ निर्णयबाट भएको आधा दर्जन कर्मचारी सरुवा ‘मन्त्रीस्तरीय निर्णयले बदर

विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन

गृहमा अनेकन मनपरी : सहसचिवहरु जगेडामा,तालिम नलिएका कर्मचारीलाई धमाधम सिडियो

कर्मचारी सरुवामै चुनावी सरकारको ध्यान,निर्वाचन आचारसंहिता लाग्दा समेत सचिव सरुवा

पुनरावेदकको मागदावी पुग्ने अदालतको ठहर पछि यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

बिशेष