संसदीय उपसमितिले आज लोक सेवा आयोगसँग छलफल गर्ने

संघीय निजामती विधेयकमा सहमति जुटाउन गठित प्रतिनिधि सभा अन्तर्गतको संसदीय उपसमितिले लोक सेवा आयोगसँग छलफल गर्दैछ ।

बिज्ञापन

लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी सहित आयोगका सदस्यहरू सहभागी हुने उक्त बैठक सिंहदरवारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा बस्नेछ ।

बिज्ञापन

नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडु नेतृत्वको उपसमितिले आज आयोगका पदाधिकारीलाई छलफल गर्न लागेको हो ।

गत फागुन ९ गते राज्य व्यवस्था समितिले कांग्रेसका सांसद बडु नेतृत्वमा संसदीय उपसमिति गठन गरेको थियो । सो उपसमितिमा सांसदहरू अशोक कुमार राई, इश्वरीदेवी न्यौपाने, चन्दा कार्की भण्डारी, प्रकाश अधिकारी, बुद्धिमान तामाङ, रघुजी पन्त, राजेन्द्र पाण्डे, लिलानाथ श्रेष्ठ, सर्वेन्द्रनाथ शुक्ला र हितराज पाण्डे सदस्य रहेका छन् ।

बिज्ञापन

उपसमितिलाई एक महिनाभित्र विधेयकमाथि सहमति जुटाएर प्रतिवेदन दिन भनेको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

हेलो सरकारलाई एकीकृत नागरिक गुनासो प्रणाली बनाइँदै, २४ घण्टादेखि १५ दिनभित्रै गुनासो सम्बोधन गर्ने तयारी

स्वास्थ्य क्षेत्रमा तीन ठूला संरचनागत सुधार गरिँदै, ९० हजार जनशक्ति आवश्यक

स्वास्थ्य बीमाको वक्यौता भदौभित्र भुक्तानी गरिने, सुर्तीजन्य पदार्थको कर स्वास्थ्य क्षेत्रमा खर्च हुन सकेन

आयल निगमको कार्यकारी निर्देशकमा साह

तीन सहसचिवको सरुवा : काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा अर्याल

आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

यातायातमा अत्याचार : घुस उठाउन एजेन्ट र कर्मचारीको कोड भाषा

कर्मचारीको नयाँ तलबमान र सुविधा सार्वजनिक

बिशेष