हाकिमको प्यारो भएपछि नापीमा हुन्छ यस्तो !

दिनभरि सेवाग्राहीसँग पैसा उठाएर हाकिमलाई जस्ले बुझाउँछ उही नै हाकिमको प्यारो हुन्छ। हाकिमको प्यारो भएपछि विभागले सरुवा गरेपनि उल्टिन्छ। प्रसङ्ग हो नापी कार्यालय गाईघाट उदयपुरको । उदयपुरका नापी अधिकृत इन्द्र कुमार साहले विभागले असोज १५ गते गरेको सरुवा उल्टाएका छन् त्यो पनि आफ्नो स्वार्थको लागि । नापी कार्यालय गाईघाटका सर्भेक्षक अतिस कुमार मण्डललाई रमना नदिई साविककै कार्यालयमा हाजिर गराउदै राखेका छन् ।

बिज्ञापन

उनीसँगै सरुवा भएका अधिकृतले तत्काल रमना बुझेर विभागले पठाएको कार्यालयमा गएपनि सर्भेक्षक मण्डल भने सोही अड्डामा कमाउनमै व्यस्त छन्। विभागले  उनको धनकुटा सरुवा गरेकाे थियाे। तर कार्याल प्रमुख साहले आफ्नो सजिलोका लागी रमना नदिएको बताए । ‘संस्थाको र मेरो कामको सजिलोका लागी मैले रमना दिएको छैन’, कार्यालय प्रमुख साहले भने–‘उहाँ विगत चार पाँच वर्षदेखिनै यही बसेर सबै काम जानेको छ भनेर राखेको हुँ ।’

बिज्ञापन

पुरानो कार्यालय प्रमुख विभागले पठाएको कार्यक्षत्रमा गएपछि कार्यालय प्रमुखको जिम्मेवारी लिएर आएका नापी अधिकृत साहले कर्मचारीलाई रमना नदिदा उनि सरुवा भएको जाने धनकुटाको काम समेत प्रभावित भएको छ । तालुक अड्डाले सरुवा गरेका कर्मचारीलाई जवरजस्ती सोही कार्यालयमा हाजिर गराउँने हाकीमको व्यवहारप्रति अन्य कर्मचारी समेत सन्तुष्ट छैनन् । उक्त कार्यालयमा अहिले नापी अधिकृत साह र सर्भेक्षक मण्डल एतातिर छन भने बाँकी कर्मचारीहरु अर्को समुहमा विभाजित भएको बताइएको छ ।

यस विषयमा नापी विभागका महानिर्देशक प्रकाश जोशीसँग बुझ्दा सरुवा भएका कर्मचारी यसरी बस्न नमिल्ने बताएका छन्। र तुरुन्तै सरुवा गर्ने उनले बताएका छन।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बालकुमारीको गजलसंग्रह तलतल विमोचन हुँदै

अलपत्र जेन-जी र सरकारबीचको सम्झौतामा छुटेका कर्मचारीतन्त्रका कुरा

केन्द्रीय बैंकले भेट्यो तीन बैंकमा गम्भीर कैफियत : कारवाहीमा परे अध्यक्षदेखि सिइओसम्म

जसपा नेपालको चुनावी घोषणापत्र : ६ महिनाभित्र संघीय निजामती सेवा ऐन पारित गराउने

करदाता सेवा कार्यालय खारेजीको विरोधमा उत्रिए स्थानीय

६३ जिल्लाको मतपत्र छपाइ सकियो,अब ३० लाख छाप्न बाँकी

त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्था कडा,२० डिएसपीको कमाण्डमा टोली परिचालन

सहसचिव लम्साललाई पुर्नवीमा अध्यक्षको जिम्मेवारी

बिशेष