८२ सालमा ८६ दिन सार्वजनिक बिदा, कहिले- कहिले ? (हेर्नुहोस,राजपत्रमा)

सरकारले आगामी बर्ष अर्थात ०८२ सालमा सार्वजनिक तथा पर्व विदाको सूची राजपत्रमा प्रकाशन गरेको छ । जसअनुसार ५२ दिन शनिवार सार्वजनिक बिदा परेको छ ।

बिज्ञापन

यस्तै पर्व विदामा वैशाख १ गते नयाँ बर्ष, २९ वैशाख चण्डी पूर्णिमा,साउन २४ मा रक्षावन्धन,३१ साउनमा श्रीकृष्ण जन्माष्टमी पर्व विदा परेको छ । यस्तै,असोज ६ गते घटस्थापना परेको छ भने दशैं विदा असोज १३ गतेदेखि असोज १८ गतेसम्म विदा परेको छ । यस्तै तिहारको अवसरमा कार्तिक ३ गतेदेखि कार्तिक सात गतेसम्म बिदा पर्ने छ । छठ पर्व कार्तिक १०,मंसिर १८ धान्य पूर्णिमा,पुस १० क्रिसमस (इसाई धर्मावलम्बीका लागिमात्र),पुस १५ तमु ल्होसार,माघी पर्व माघ १ गते सार्वजनिक बिदा दिइएको छ ।
यस्तै,५ माघ सोनामा ल्होसार,फागुन ३ गते महाशिवरात्री पर्व,६ फागुनमा ग्लाल्पो ल्होसार,१८ फागुन फागू पूर्णिमाको अवसरमा विदा दिइएको छ ।

बिज्ञापन

यो हिसाबले बर्षभरमा २६ दिन पर्व बिदा,६ दिन विभिन्न दिवसको अवसरमा सार्वजनिक बिदा परेको छ । जसमा मजदुर दिवसका अवसरमा वैशाख १८,गणतन्त्र दिवस १५ जेठ,संविधान दिवस ३ असोज,माघ १६ शहीद दिवस,प्रजातन्त्र दिवस फागुन ७,महिला दिवस फागुन २४ मा सार्वजनिक विदा हुनेछ,सबैलाई । यस्तै,२९ वैशाख बुद्ध जयन्ती,२७ पुस पृथ्वी जयन्तीमा समेत सबैलाई सार्वजनिक बिदा पाउनेछन् । यो समेत गरी बर्षभरमा ३४ दिन सार्वजनिक बिदा परेको छ ।

यस्तै २५ साउनमा गाइजात्रा,१ भदौंमा इन्द्रजात्रा पर्व परेको छ । चैत्र ४ मा भोटो देखाउने जात्रामा सार्वजनिक बिदा दिइएको छ । २६ दिन पर्व विदा परेको छ । यस्तै गाइजात्राको अवसरमा साउन २५ मा काठमाडौं उपत्यकामा विदा हुनेछ । १५ भदौंमा गौरा पर्व,९ माघमा बसन्त पञ्चमीको अवसरमा शिक्षण संस्थाहरु बन्द हुनेछन् ।

बिज्ञापन
२०८२ सालको सार्वजनिक बिदा सम्बन्धी

देशभर लागू हुने सार्वजनिक बिदाबाहेक काठमाडौं उपत्यकामा गाइजात्रा, घोडेजात्रा, मत्येन्द्रनाथको भोटो देखाउने जात्रा र इन्द्रजात्रामा सार्वजनिक बिदा दिइएको छ । देशभर महिलाहरुका लागि तिज र जितिया पर्वमा बिदा दिइएको छ । फाल्गुनन्द जयन्ती, गुरु नानक जयन्ती र मोहम्मद जयन्तीमा सम्बन्धित समुदायलाई बिदा दिइएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

रसुवागढी नाका हुँदै हुम्लाका लागि सस्तो चामल ढुवानी सुरु

१५ असारमा आएन शिक्षा ऐन,सिंहदरबारमा शिक्षकहरुको धर्ना

कर्मले जवाफ दिने दायित्वमा निजामती सेवा

असारे विकासको सेल्फीस् लाइक, पिच र धुलो

निजामती विधेयक प्रतिनिधिसभाबाट पारित गर्ने तयारी

२१ सदस्य प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली स्पेन जाँदै

‘फेसलेस र क्यासलेस’ बन्दै छ वैदेशिक रोजगार विभाग

२७ लाख २० हजारको हातमा राष्ट्रिय परिचयपत्र

बिशेष