६ प्रमुख प्रशासकीयसहित १३ अधिकृत सरुवा,तीनको गृहमा इन्ट्री

सरकारले विभिन्न स्थानीय तहमा कार्यरत १३ जना प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयले हरेक १ र १५ गते कर्मचारी सरुवा गर्ने नीति लिएको भए पनि अस्ति १२ गते सोमबारको निर्णय अनुसार,उनीहरुको सरुवा भएको हो । जसमा ६ प्रमुख प्रशासकीय अधिकृत र १३ जना शाखा अधिकृत सरुवा हुँदा ३ अधिकृतहरु स्थानीय तहबाट सरुवा भएर गृहमा भित्रिएका छन् ।

बिज्ञापन

सरुवाको सूची अनुसार,कल्याणपुर नगरपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत राजकुमार दास,सिम्ता गाउँपालिका,सुर्खेतबाट राजेन्द्रकुमार चन्द,मालिका गाउँपालिका गुल्मीबाट झविश्वर रेग्मी गृह मन्त्रालयमा भित्रिएका छन् । यस्तै सरुवाको सूची अनुसार,सिरहाको विष्णुपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सावान कुमार चौधरीलाई पठाएको छ । उनी हाल मन्त्रालयको अतिरिक्त समूहमा कार्यरत थिए ।

बिज्ञापन

विष्णुपुर गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत चन्द्र नारायण चौधरीलाई भने सिरहाको भगवानपुर गाउँपालिकामा सरुवा गरिएको छ । माधवनारायण नगरपालिकामा कार्यरत श्रीदेव यादवलाई सिरहाको कल्याणपुर नगरपालिकामा सरुवा गरिएको छ । यस्तै शाखा अधिकृत धनन्जय प्रसाद दास गढीमाइ नगरपालिका रौतहटबाट कटहरिया नगरपालिका रौतहटमा पुगेका छन् ।

यस्तै जिल्ला सामन्वय समितिको कार्यालय जुम्लामा कार्यरत संगीता धिताल उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएकी छन् भने जिसस कपिलवस्तुमा कार्यरत पुनम जिसीलाई लुम्बिनी प्रदेश प्रमुखको कार्यालय पठाइएको छ ।

बिज्ञापन

बारेकोट गाउँपालिका जाजरकोटका प्रमुख प्रशासकीय अधिकृत लोकराज खत्रीको पनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आएका छन् । प्युठानको सरुमारानी गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकको राप्ती गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएको छ ।

मन्त्रालयका अनुसार लुम्बिनी प्रदेश प्रमुखको कार्यालयमा कार्यरत काशिराम पन्थी मालिका गाउँपालिका गुल्मीको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सहित पालिकामा पुगेका छन् ।

saruwa suchi

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

संघीय निजामती सेवा विधेयकमाथि संसदमा बहस सुरु, आइतबारकै बैठकबाट पारित गर्ने तयारी

रसुवागढी नाका हुँदै हुम्लाका लागि सस्तो चामल ढुवानी सुरु

१५ असारमा आएन शिक्षा ऐन,सिंहदरबारमा शिक्षकहरुको धर्ना

कर्मले जवाफ दिने दायित्वमा निजामती सेवा

असारे विकासको सेल्फीस् लाइक, पिच र धुलो

निजामती विधेयक प्रतिनिधिसभाबाट पारित गर्ने तयारी

२१ सदस्य प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली स्पेन जाँदै

‘फेसलेस र क्यासलेस’ बन्दै छ वैदेशिक रोजगार विभाग

बिशेष