६ प्रमुख प्रशासकीयसहित १३ अधिकृत सरुवा,तीनको गृहमा इन्ट्री

सरकारले विभिन्न स्थानीय तहमा कार्यरत १३ जना प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयले हरेक १ र १५ गते कर्मचारी सरुवा गर्ने नीति लिएको भए पनि अस्ति १२ गते सोमबारको निर्णय अनुसार,उनीहरुको सरुवा भएको हो । जसमा ६ प्रमुख प्रशासकीय अधिकृत र १३ जना शाखा अधिकृत सरुवा हुँदा ३ अधिकृतहरु स्थानीय तहबाट सरुवा भएर गृहमा भित्रिएका छन् ।

बिज्ञापन

सरुवाको सूची अनुसार,कल्याणपुर नगरपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत राजकुमार दास,सिम्ता गाउँपालिका,सुर्खेतबाट राजेन्द्रकुमार चन्द,मालिका गाउँपालिका गुल्मीबाट झविश्वर रेग्मी गृह मन्त्रालयमा भित्रिएका छन् । यस्तै सरुवाको सूची अनुसार,सिरहाको विष्णुपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सावान कुमार चौधरीलाई पठाएको छ । उनी हाल मन्त्रालयको अतिरिक्त समूहमा कार्यरत थिए ।

बिज्ञापन

विष्णुपुर गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत चन्द्र नारायण चौधरीलाई भने सिरहाको भगवानपुर गाउँपालिकामा सरुवा गरिएको छ । माधवनारायण नगरपालिकामा कार्यरत श्रीदेव यादवलाई सिरहाको कल्याणपुर नगरपालिकामा सरुवा गरिएको छ । यस्तै शाखा अधिकृत धनन्जय प्रसाद दास गढीमाइ नगरपालिका रौतहटबाट कटहरिया नगरपालिका रौतहटमा पुगेका छन् ।

यस्तै जिल्ला सामन्वय समितिको कार्यालय जुम्लामा कार्यरत संगीता धिताल उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएकी छन् भने जिसस कपिलवस्तुमा कार्यरत पुनम जिसीलाई लुम्बिनी प्रदेश प्रमुखको कार्यालय पठाइएको छ ।

बिज्ञापन

बारेकोट गाउँपालिका जाजरकोटका प्रमुख प्रशासकीय अधिकृत लोकराज खत्रीको पनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आएका छन् । प्युठानको सरुमारानी गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकको राप्ती गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएको छ ।

मन्त्रालयका अनुसार लुम्बिनी प्रदेश प्रमुखको कार्यालयमा कार्यरत काशिराम पन्थी मालिका गाउँपालिका गुल्मीको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सहित पालिकामा पुगेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

प्रधानमन्त्रीका सल्लाहकारसँग करार कर्मचारीको सहमति

अवकाशको मुखमा अख्तियार

६ सचिवको सरुवा,अख्तियारमा शर्मा

६० हजार करार कर्मचारी हटाउने प्रस्ताव तयार,काम छाडेर धर्नामा उत्रिए कर्मचारी

कर्णाली प्रदेश सरकारमा किचलो : चार मन्त्रीले दिए राजीनामा

हिजो विज्ञापन रद्ध,आजै दरखास्त आह्वान

८० प्रतिशत विपद्को कारक जलवायु परिवर्तन–सरकारसँग छैन आर्थिक र गैह्रआर्थिक हानी नोक्शानीको एकीकृत तथ्यांक

एलपी ग्यास पुनः १४.२ केजीकै सिलिण्डरमा विक्री गरिने, प्रतिसिलिण्डर ९३७ रुपैयाँ घाटा

बिशेष