यस्तो छ उपसचिवहरुको संशोधित बढुवा सूची

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिवको बढुवाको संशोधित सूची सार्वजनिक गरेको छ । आयोगले यस अघि जेष्ठता र कार्यसम्पादन मुल्यांकनबाट ११ जना शाखा अधिकृत र कार्यक्षमता मुल्यांकनका आधारमा ११ अधिकृतलाई उपसचिवका बढुवा गरेकोमा सिफारिस समितिको उक्त निर्णय उपर उजुरी परेपछि आयोगले आज संशोधित सूची सार्वजनिक गरेको हो ।

बिज्ञापन

संशोधित सूची अनुसार,२२ जना अधिकृत तहका कर्मचारीहरु उपसचिवमा उक्लिएका छन् ।  जसमा नेपाल प्रशासन सेवा,लेखा समूहका अधिकृतहरु रहेका छन् । जसमा ११ जना जेष्ठता र कार्यसम्पादन मूल्यांकनद्धारा बाँकी ११ जना कार्यक्षमता मुल्यांकनबाट बढुवा भएका हुन ।

बिज्ञापन

लोक सेवा आयोगको बढुवा सूचना नं.२५/२०८१-८२, नेपाल प्रशासन सेवा, लेखा समूह, राजपत्राङ्कित द्वितीय श्रेणीको उपसचिव वा सो सरहको पद ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाको लागि बढुवा समितिको मिति २०८१।०९।१८ को निर्णयानुसार बढुवाको सिफारिश गरी ०८१।०९।१९ को गोरखापत्रमा सूचना प्रकाशन गरिएको र सूचना नं.७७/२०८१-८२ अनुसारको सोही सेवा, समूह र श्रेणीको पदम कार्यक्षमताको आधारमा हुने बढुवाको लागि बढुवा समितिको ०८१।०९।२५ मा बढुवा सिफारिश गरी मिति २०८१।०९।२६ क गोरखापत्रमा सूचना प्रकाशन गरिएकोमा बढुवा सूचना नं.२५/२०८१-८ को ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवा सिफारिशमा लोक सेवा आयोगमा उजुरी परी सो उजुरी उपर लोक सेवा आयोगको निर्णय नं.११२/२०८१/८२, मिति २०८१।११।०८ को निर्णयबाट बढुवा सूचना नं.२५/२०८१-८२ को योग्यताक्रम संशोधन हुँदा बढुवा सूचना नं.७७/२०८१-८२, कार्यक्षमताको आधारमा हुने बढुवाको योग्यताक्रम समेत संशोधन हुने देखिएकोले बढुवा समितिको मिति २०८१।११।१३ गतेको निर्णयानुसार निजामती सेवा नियमावली, २०५० को नियम ८४ को २(क) बमोजिम संशोधित नामावलीको सूचना सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको सूचनामा जनाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

केदारनाथ शर्मा बने भूमि व्यवस्था सचिव

चन्द्रकला पौडेल सचिवमा बढुवा

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

अमिनविरुद्ध ३ करोड २९ लाखको भ्रष्टाचार मुद्दा

निजामती कर्मचारीले पेन्सन पाउनेले वृद्धभत्ता नपाउने

रुपन्देहीको नदीमा ३ बालक बेपत्ता, खोजीकार्यमा सशस्त्र प्रहरी

कर्मचारी समितिमा आउन डराए, पत्रकारलाई रोकौँ

अर्थ सचिवको प्रस्ताव :’मुख्य सचिव र सचिवको पदावधि घटाऔं,अतिरिक्त सचिव नराखौं’

बिशेष