स्वास्थ्य सचिवका लागि तीन जनाको नाम शिफारिस

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्राविधिक सचिवका लागि ३ जनाको नाम सिफारिस भएको छ ।

बिज्ञापन

स्वास्थ्य सचिवका लागि डा. संगीता कौशल मिश्र, डा.टंक बाराकोटी र डा.विकास देवकोटाको नाम सिफारिस भएको हो । सोमबार बसेको बढुवा समितिको बैठकले स्वास्थ्य सचिवमा ३ जनाको नाम सिफारिस गरेको हो ।

बिज्ञापन

नेपाल स्वास्थ्य सेवा ऐनमा स्वास्थ्य सेवाको बाह्रौं तहमा कार्यरत र एघारौं तहमा कम्तीमा पाँच वर्ष काम गरेको कर्मचारी ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनको आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव पदमा नियुक्त हुन सक्ने’ उल्लेख छ ।

अब सिफारिस भएका तीन जना मध्ये एक जनालाई मन्त्रिपरिषद्ले स्वास्थ्य सचिवमा बढुवा गर्नेछ ।

बिज्ञापन

लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मीको अध्यक्षतामा रहेको समितिले सिफारिस गरेका तीन जनामध्ये एक जनालाई मन्त्रिपरिषदले सचिवमा बढुवा गर्ने छ। समितिमा मुख्यसचिव एकनारायण अर्याल र विज्ञका रुपमा पूर्व स्वास्थ्य सचिव डा किरण रेग्मी सदस्य छिन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थ समितिका सदस्य सचिव हुन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

दिवा खाजामा मात्रै साढे ३ अर्ब खर्च

भ्रष्टाचारबाट लुकाएको सम्पत्तिमा कारबाही गर्न उजुरीको ओइरो

‘घरबाटै काम, हत्केलामै सेवा’ : राष्ट्रिय किताबखानाको सेवा प्रवाहमा अर्को डिजिटल छलाङ

सम्पत्ति केलाउनमै कानुनी समस्या

कर्मचारी बजेट लेखनमा व्यस्त: कोरलामा भेप तस्करी, २४०० कार्टुन भेप गायब

निजामती ऐनको दफा ५२ च विपरित ट्रेड युनियनकर्मीको सरुवा

७ शाखा अधिकृतको सरुवा,२ पालिकाले पाए नयाँ प्रमुख प्रशासकीय अधिकृत

प्रधानमन्त्री कार्यालयकै निर्देशन अवज्ञा, राष्ट्रिय प्रकृति संरक्षण कोषमा शक्तिको खेल

बिशेष