इन्स्पेक्टर सन्तोषी मृत्यु प्रकरणमा इन्स्पेक्टर जोशी पक्राउ

सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरणमा इन्स्पेक्टर विवेक जोशी पक्राउ परेका छन् ।

बिज्ञापन

आत्महत्या दुरुत्साहनमा किटानी जाहेरीका आधारमा इन्स्पेक्टर जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्त शर्माले जानकारी दिए।

बिज्ञापन

गत शनिवार राति पोखरास्थित हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा इन्स्पेक्टर महत झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

उनलाई आत्महत्या गर्न बाध्य पारेको कसुरमा उनीभन्दा सिनियर इन्स्पेक्टर जोशीविरुद्ध पीडितका परिवारले जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका थिए । जोशीले  सन्तोषीलाई आत्महत्या गर्न बाध्य पारेको परिवारको आरोप छ । सशस्त्र प्रहरी स्रोतका अनुसार उनीहरू प्रेम सम्बन्धमा थिए ।

बिज्ञापन

घटना अनुसन्धान गर्न सशस्त्र प्रहरी बल प्रधान कार्यालयले डीआईजीको नेतृत्वमा छानबिन समिति गठन भएको थियो । एकेडेमीका डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा समिति गठन गरिएको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

संघीय निजामती सेवा विधेयकमाथि संसदमा बहस सुरु, आइतबारकै बैठकबाट पारित गर्ने तयारी

रसुवागढी नाका हुँदै हुम्लाका लागि सस्तो चामल ढुवानी सुरु

१५ असारमा आएन शिक्षा ऐन,सिंहदरबारमा शिक्षकहरुको धर्ना

कर्मले जवाफ दिने दायित्वमा निजामती सेवा

असारे विकासको सेल्फीस् लाइक, पिच र धुलो

निजामती विधेयक प्रतिनिधिसभाबाट पारित गर्ने तयारी

२१ सदस्य प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली स्पेन जाँदै

‘फेसलेस र क्यासलेस’ बन्दै छ वैदेशिक रोजगार विभाग

बिशेष