नक्कली भुटानी शरणार्थी काण्डमा कारागार (जेल)मा थुनिएका नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डे जेलबाटै अवकाश हुने भएका छन्।सर्वोच्च अदालतले थुनामुक्त गर्न अस्वीकार गरेपछि उनी जेलबाटै अवकाशमा जाने भएका हुन्।
बिज्ञापन
उनकी श्रीमती मञ्जु पाण्डे छुटाउनका लागि बन्दीप्रत्येक्षीकरणको रिट लिएर सर्वोच्च अदालतमा पुगेपनि माघ २९ गते न्यायाधीश सपना प्रधान मल्ल र विनोद शर्माको संयुक्त इजलासले गर्न थुनामुक्त गर्न अस्वीकार गरेपछि सचिव पाण्डे जेलबाटै अवकाश भएका हुन्।
बिज्ञापन
शिक्षा सेवाका सहसचिवका रूपमा कार्यरत पाण्डे कर्णाली प्रदेशको प्रदेश प्रमुख, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय हुँदै गृह सचिव बनेका थिए। गृह मन्त्रालयपछि उपराष्ट्रपति कार्यालय पुगेका उनी गृह सचिवकै कार्यकालमा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि प्रहरी हिरासत हुँदै पुर्पक्षका लागि थुनामा पुगेका थिए।
२०७६ साल फागुन १२ गते सचिवमा बढुवा भएका पाण्डे ५ वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश भएका छन्।