जेलबाटै अवकाशमा गए सचिव पाण्डे

नक्कली भुटानी शरणार्थी काण्डमा कारागार (जेल)मा थुनिएका नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डे जेलबाटै अवकाश हुने भएका छन्।सर्वोच्च अदालतले थुनामुक्त गर्न अस्वीकार गरेपछि उनी जेलबाटै अवकाशमा जाने भएका हुन्।

बिज्ञापन

उनकी श्रीमती मञ्जु पाण्डे छुटाउनका लागि बन्दीप्रत्येक्षीकरणको रिट लिएर सर्वोच्च अदालतमा पुगेपनि माघ २९ गते न्यायाधीश सपना प्रधान मल्ल र विनोद शर्माको संयुक्त इजलासले गर्न थुनामुक्त गर्न अस्वीकार गरेपछि सचिव पाण्डे जेलबाटै अवकाश भएका हुन्।

बिज्ञापन

शिक्षा सेवाका सहसचिवका रूपमा कार्यरत पाण्डे कर्णाली प्रदेशको प्रदेश प्रमुख, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय हुँदै गृह सचिव बनेका थिए। गृह मन्त्रालयपछि उपराष्ट्रपति कार्यालय पुगेका उनी गृह सचिवकै कार्यकालमा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि प्रहरी हिरासत हुँदै पुर्पक्षका लागि थुनामा पुगेका थिए।

२०७६ साल फागुन १२ गते सचिवमा बढुवा भएका पाण्डे ५ वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश भएका छन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

बिशेष