स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेल र अतिरिक्त सचिव डा दीपेन्द्र रमण सिंहलाई औपचारिक रुपमा बिदाइ गरिएको छ। आइतबार नै विशिष्ठ श्रेणीको पाँच वर्षे कार्यकाल पूरा गरेका उनीहरुलाई मन्त्रालयले एक कार्यक्रमा आयोजना गरी बिदाइ गरेको हो।
बिज्ञापन
सचिवद्वयको बिदाइ कार्यक्रममा सम्बोधन गर्दै स्वास्थ्य मन्त्री पौडेलले मन्त्रालयको यो जिम्मेवारी औपचारिक रूपमा बिदा भए पनि निरन्तर सहयोगको आशा गरेको बताएका छन् ।
मन्त्रालयका अर्का सचिव हरिप्रसाद मैनालीले सरकारले अनुभव अनुसारको उपयुक्त जिम्मेवारी फेरि पनि प्रदान गर्ने विश्वास व्यक्त गरे। चिकित्सकको रुपमा उहाँहरुले नेपालको स्वास्थ्य क्षेत्रमा जीवनभर सेवा दिने पनि उल्लेख गरे।

























