रोशन पोखरेलपछि यही आर्थिक बर्षमा अवकाश पाउँदैछन् यी ८ सचिवले 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेल अनिवार्य अवकाशमा जाँदैछन् । उनी आजैदेखि अनिवार्य अवकाशमा जान लागेका हुन ।  २०७६ फागुन १२ गतेको मन्त्रिपरिषद्को बैठकबाट  स्वास्थ्य मन्त्रालयको प्रमुख विशेषज्ञमा बढुवा भएका उनी २०७८ साउन ४ गते  सचिवमा उक्लिएका थिए । ३ वर्ष ७ महिना सचिवको भूमिकामा काम गरेका उनी आजबाट घर फर्किन लागेका हुन ।
निजामती किताबखानाको तथ्यांक अनुसार,फागुन महिनामै अरु दुई सचिव सेवा निवृत्त हुँदैछन् । अबको पाँच महिनाभित्रमा थप ८ सचिव तहका कर्मचारीहरु अवकाशमा जादैछन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा परेर हाल  केन्द्रीय कारागार सुन्धारामा थुनामा रहेका टेकनारायण पाण्डे र राष्ट्रिय योजना आयोगका सचिव मधुकुमार मरासिनी अवकाश फागुनभित्रै अवकाशमा जाँदैछन् ।  अवको चार दिन पछि नै राष्ट्रिय योजना आयोगका सचिव मधुकुमार मरासिनी फागुन १६ गते घर जाने भएका हुन ।
मुख्य सचिव बनेका भए एकनारायण अर्याल पनि अवको साता दिन पछि अवकाशमा जाने थिए । उनी मुख्य सचिव नियुक्त भएसँगै अर्काे एक बर्ष जिम्मेवारीमा रहनेछन् ।
यस पछि एकै पटक भूमि सचिव  अर्जुनप्रसाद पोखरेल ०८२ वैशाख २ गते अवकाश पाउनेको सूचीमा छन् । यस्तै सोही महिनाको २५ गते पर्यटन सचिव विनोद प्रकाश सिंह ५८ वर्षे उमेर हद लागेर घर जाँदैछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सरुवामा परी महालेखा नियन्त्रकको जिम्मेवारीमा रहेका गणेशप्रसाद पाण्डे वैशाख ३० गते घर जानेमा पर्छन् ।
कानुन, न्याय, तथा संसदीय मामिला सचिव उदयराज सापकोटा ०८२ जेठ २८ गते, व्यवस्थापिका संसद् सचिवालयका सचिव सुदर्शन खड्का ०८२ साल जेठ ३० गते अवकाश हुँदैछन् । यस्तै, ०८२ असार ६ गते हाल महालेखा परीक्षकको कार्यालयमा कार्यरत रहेका वामदेव अधिकारी घर फर्कदैछन् ।
बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

बिशेष