चैत्र ५ मा अनिवार्य अवकाशमा जान लागेका भट्टराई एआईजीमा बढुवा सिफारिस

 

बिज्ञापन

नेपाल प्रहरीका डीआईजी जनक भट्टराई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका छन् ।

बिज्ञापन

आज बिहान बसेको बढुवा सिफारिस समितिको बैठकले भट्टराईलाई एआइजी बढुवाका लागि सिफारिस गरेको हो । हाल कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा दरबन्दी रहेको भट्टराईलाई अब मन्त्रिपरिषदले एआइजीमा बढुवा गर्ने निर्णय गरेपछि उनी नियुक्त हुनेछन् ।

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र केसीले राजीनामा दिएपछि भट्टराईलाई एआईजीमा बढुवा गर्न बाटो खुलेको थियो । उनलाई एआईजीमा बढुवा गर्नकै लागि अर्का एआईजी रवीन्द्र केसीलाई राजीनामा गराएर कोटा खालि गराइएको थियो।

बिज्ञापन

भट्टराईले एआईजीका रूपमा दुई साता मात्रै काम गर्न पाउने छन्। भट्टराई २०८१ चैत ५ मा अवकाशमा जाँदै छन् । उनी वर्तमान प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरकै ब्याची हुन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

महिला कर्मचारीको टिम बनाउँदै महानिर्देशक

निर्वाचन आचारसंहिता स्वीकृत,माघ १ गतेदेखि कर्मचारी सरुवा गर्न बन्देज

१४ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस

अख्तियारको आँखा १०–२० हजारमा, मूल घुसखोरी विभागमै

चिकित्सकको आवाजदेखि संस्थागत सुधारसम्म : एनएमए अध्यक्षका लागि डा. बद्री रिजाल

१० उपसचिवलाई नगरपालिकामा खटाइँदा ६ भित्रिए सिंहदरबार

थप दुई उपसचिवको सरुवा

राष्ट्रिय किताबखानाको सेवा अब पूर्ण रूपमा ‘फेसलेस’, पेन्सन पट्टाका लागि व्यक्तिगत रूपमा आउन नपर्ने

बिशेष