सङ्घीय निजामती सेवा विधेयक चाँडो पारित गर्न उपसमिति गठन

काठमाडौँ । संसद्को राज्‍यव्‍यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती सेवा विधेयक चाँडो पारित गराउन उपसमिति गठन गरेको छ ।

बिज्ञापन

समितिमा अनिर्णीत विषयलाई विशेष छलफलमार्फत टुङ्गो लगाउनका लागि नेपाली काङ्ग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा ११ सदस्यीय संसदीय उपसमिति गठन गरिएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिनुभयो ।

बिज्ञापन

उहाँका अनुसार समितिका सदस्यहरूमा सांसदहरू अशोककुमार राई, ईश्वरीदेवी न्यौपाने, चन्दा कार्की भण्डारी, प्रकाश अधिकारी, बुद्धिमान तामाङ, रघुजी पन्त, राजेन्द्र पाण्डे, लिलानाथ श्रेष्ठ, सर्वेन्द्रनाथ शुक्ला र हितराज पाण्डे रहनुभएको छ ।

उपसमितिलाई एक महिनाभित्र विधेयकको प्रतिवेदन समितिमा पेस गर्न समयावधि दिइएको सभापति खतिवडाले जानकारी दिनुभयो । संविधानपछिको सबैभन्दा ठूलो विधेयक समयमै पारित नहुँदा सङ्घीयता कार्यान्वयनमै समस्या उत्पन्न हुन सक्ने भएकाले यो विधेयक चाँडो पारित गर्न लागिपरेको सभापति खतिवडाको भनाइ छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पूर्व सचिव र सहसचिवसहित चारविरुद्ध ५अर्ब २५ करोडको मुद्दा दायर

सिआइबीको अनुसन्धानमा तानिएकी पन्तलाई कसले भगायो ?

प्रतिनिधि सभा बिघटनविरुद्धको रिटमा कारण देखाऊ आदेश

हेटौँडा अस्पतालमा ६ दिनको नवजात शिशुको मृत्यु, उपचारमा लापरबाहीको आरोप

एमाले महाधिवेशनमा क्रस भोटिङ : चार घण्टामा खस्यो ४१७ मत

लोक सेवाले माग्यो २५४ अधिकृत

लोकसेवा प्रक्रियामाथि सीधा प्रहार, कारागार विभागका डीजी–निर्देशकको सोलुखुम्बु ‘दबाब दौड’

सरकारविरुद्ध मुद्दा हाल्ने डीएफओमाथि प्रशासनिक कारबाही, निर्देशनालयमा तानियो

बिशेष