सङ्घीय निजामती सेवा विधेयक चाँडो पारित गर्न उपसमिति गठन

काठमाडौँ । संसद्को राज्‍यव्‍यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती सेवा विधेयक चाँडो पारित गराउन उपसमिति गठन गरेको छ ।

बिज्ञापन

समितिमा अनिर्णीत विषयलाई विशेष छलफलमार्फत टुङ्गो लगाउनका लागि नेपाली काङ्ग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा ११ सदस्यीय संसदीय उपसमिति गठन गरिएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिनुभयो ।

बिज्ञापन

उहाँका अनुसार समितिका सदस्यहरूमा सांसदहरू अशोककुमार राई, ईश्वरीदेवी न्यौपाने, चन्दा कार्की भण्डारी, प्रकाश अधिकारी, बुद्धिमान तामाङ, रघुजी पन्त, राजेन्द्र पाण्डे, लिलानाथ श्रेष्ठ, सर्वेन्द्रनाथ शुक्ला र हितराज पाण्डे रहनुभएको छ ।

उपसमितिलाई एक महिनाभित्र विधेयकको प्रतिवेदन समितिमा पेस गर्न समयावधि दिइएको सभापति खतिवडाले जानकारी दिनुभयो । संविधानपछिको सबैभन्दा ठूलो विधेयक समयमै पारित नहुँदा सङ्घीयता कार्यान्वयनमै समस्या उत्पन्न हुन सक्ने भएकाले यो विधेयक चाँडो पारित गर्न लागिपरेको सभापति खतिवडाको भनाइ छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

बिशेष