इन्टरपोलको निगरानीमा परेका विवादास्पद डिएसपी रसुवाको प्रमुख

नेपाल प्रहरीका विवादास्पद डिएसपी हेमबहादुर शाहीलाई प्रहरी प्रधान कार्यालयले रसुवाको प्रहरी प्रमुखका रुपमा खटाइएको छ ।

बिज्ञापन

शुक्रबार भएको काज सरुवामा उनी यसअघि अनेक काण्डमा मुछिएका अधिकृत हुन्। इप्रका कोहलपुरमा हुँदा खसी घुस मागेको काण्डमा उनी कारबाहीमा परेका थिए।तरुण दलका नेतासँग खसी मागेको अडियो नै सार्वजनिक भएको थियो। खसी नदिएपछि पक्राउ गरेर उनले मुद्दा चलाउने प्रयास गरेका थिए।

बिज्ञापन

त्यो भन्दा गम्भीर आतंकवादी समूहसँग उनको कनेक्सन भेटिएको थियो। आतंकवादी क्रियाकलापमा संलग्न कालिकोटका महेन्द्रजंग शाहसँगको समूहसँग उनको निकटता देखिएको भन्दै इन्टरपोलको सिंगापुर शाखाले नेपाल प्रहरीलाई गत भदौमा पत्राचार गरेको थियो।
जसमा नेपाल प्रहरीले सामान्य छानविन गरेर उनलाई उन्मुक्ति दिएको थियो । शाही उनीहरुकै निम्तोमा मलेसिया र सिंगापुर घुम्न गएकोमा पछि त्यहाँको अध्यागमनले विमानस्थलबाटै फकाईदिएको थियो।महेन्द्रको सम्बन्ध आतंकवादी समूह आइएससँग देखिएको थियो।त्यस्ता समूहलाई उनले पनि अप्रत्यक्ष रुपमा सघाएको हुनसक्ने आशंका थियो। तर, दबाबकै भरमा उनीमाथि गम्भीर अनुसन्धान भएन ।अहिले उनै शाहीलाई रसुवाको इन्चार्ज बनाएर पठाइएको छ ।

कसरी मुछिए डीएसपी ? 
डीएसपी शाही अहिले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत थिए । उनी इलाका प्रहरी कार्यालय कोहलपुरको प्रमुख हुँदा दीपेन्द्रसँग परिचय भएको थियो । पारिवारिक कुराकानीका क्रममा महेन्द्रले दीपेन्द्र र हेमराजलाई मलेसिया घुम्न निम्ता गरिरहन्थे । एक/दुईपटक डीएसपी शाही र महेन्द्रबीच भिडियो कल पनि भएको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष