कर्मचारी संगठनको महाधिवेशन आजदेखि, अध्यक्षमा गौतम र दाहालको दाबी

नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको १२ औं महाधिवेशन आजबाट सुरु हुँदैछ ।

बिज्ञापन

राष्ट्रिय सभागृहमा आज बिहान साढे १० बजे प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्नेछन् । त्यसपछि आजैबाट बन्दसत्र सुरु हुने र विभिन्न प्रतिवेदनहरु पास गर्दै नयाँ कार्यसमिति चयनको प्रक्रिया सुरु हुने छ । अध्यक्ष पदमा उपाध्यक्ष रेवन्त गौतम र उपाध्यक्ष भवानी न्यौपाने दाहाल प्रमुख दाबेदार छन् ।

बिज्ञापन

रेवन्त दुई कार्यकाल महासचिव र चार कार्यकाल २०६३ को राष्ट्रिय अधिवेशनबाट, २०६६ को राष्ट्रिय अधिवेशनबाट २०६९ को राष्ट्रिय अधिवेशनबाट र २०७८ को राष्ट्रिय अधिवेशनबाट उपाध्यक्ष भइसकेकाले यसपटक अध्यक्षमा दाबी नछाड्ने अडानमा छन् । गौतमले संगठनको मुख्य प्राथमिकता निजामती कर्मचारीहरूको हकहित संरक्षण, सेवा सुरक्षाको प्रत्याभूति, तलब–सुविधा वृद्धि, र प्रशासनिक सुधार हुनेछ। कर्मचारीको अधिकार रक्षा गर्दै संगठनलाई अझ सशक्त बनाउने । संगठनभित्र पारदर्शिता, जवाफदेहिता, र समावेशी सहभागिता बढाइनेछ। सूचना प्रविधिको अधिकतम उपयोग गरी संगठनलाई थप व्यवस्थित र आधुनिक बनाउने योजना छ। कर्मचारी प्रशासनमा विद्यमान जटिल प्रक्रिया सुधार गर्दै सरल, पारदर्शी, र परिणाममुखी प्रणाली विकसित गर्न सरकारसँग निरन्तर समन्वय गरिनेछ। संघीय संरचना अनुसार प्रदेश र स्थानीय तहमा संगठनका शाखाहरू सशक्त बनाइनेछ। नियमित अन्तरक्रिया र कार्यशालाहरू सञ्चालन गरेर संगठनलाई बलियो बनाउने बताए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

बिशेष