अर्थ सचिवमा घनश्याम उपाध्याय

काठमाडौँ —नेपाल सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले केही सचिव परिवर्तन गरेको छ ।

बिज्ञापन

आज बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिव डा. रामप्रसाद घिमिरेलाई सरुवा गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव घनश्याम उपाध्यायलाई अर्थ सचिवको जिम्मेवारी दिएको हो ।

बिज्ञापन

उपाध्यायले सहसचिव हुँदा कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव भएर काम गरेका थिए । ललितपुर र काठमाडौंको प्रमुख जिल्ला अधिकारीका रूपमा काम गरिसकेका उपाध्यायले बागमती प्रदेशको प्रमुख सचिवका रूपमा पनि काम गरेका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवका रूपमा चार महिना काम गरेपछि उनको आयोगमा सरुवा भएको थियो । आयोगमा सरुवा भएको सात महिनापछि उपाध्यायलाई सरकारले अर्थसचिवको महत्त्वपूर्ण जिम्मेवारी प्रदान गरिएको हो ।उपाध्याय सरल स्वभावका तथा कामकाजी प्रशासकका रूपमा चिनिन्छन्।

बिज्ञापन

एक मन्त्रीले दिएको जानकारी अनुसार अर्थ मन्त्रालयका सचिव रामप्रसाद घिमिरेलाई राष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ । राष्ट्रपतिको कार्यालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवमा सरुवा गरिएको छ ।

मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

बिशेष