सुनिल पौडेलविरूद्भ भ्रष्टाचारको अर्को मुद्दा

काठमाडौं – राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरूद्ध अर्को भ्रष्टाचार मुद्दा दायर भएको छ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार पौडेलविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

बिज्ञापन

अख्तियार प्रवक्ता नरहरि घिमिरेका अनुसार पौडेलसँग ३ करोड ८ लाख ५० हजार ४ सय रुपैयाँ बिगो तथा सजाय माग गरी भ्रष्टाचार मुद्दा दायर गरिएको हो।

उनीविरूद्ध घुस/रिसवत लिएको उजुरीको अनुसन्धान गर्दा उक्त बराबरको रकम बिगो कायम हुन आएकाले भ्रष्टाचार मुद्दा दायर गरिएको घिमिरेले बताए।

बिज्ञापन

पौडेलसँगै भारतीय नागरिक दीपक आनन्दसँग पनि सोही बराबरको बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको छ। पौडेल र नेपालका लागि एफ फाइभ कम्पनीका प्रतिनिधि आनन्दले आपसी मिलेमतोमा केन्द्रलाई आवश्यक पर्ने सामग्री गरिद गर्दा भ्रष्टाचार गरेको ठहर अख्तियारको छ।

यसअघि अख्तियारले नेपाल टेलिकमको प्रवन्ध निर्देशक रहँदा पौडेलले भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

गुठीको नाममा मनपरी असुली : स्याङजा मालपोतका नासु अख्तियारको अनुसन्धानमा

लेखापाल,लेखा सहायक र लेखा अधिकृतलाई साधरण तारेखमा छाड्न आदेश

सर्वाेच्चमा किन बस्दैछ १९ न्यायधीशको वृहत्त पूर्ण इजलाश ?

थपिए ९ लाख १५ हजार मतदाता

दुई सातापछि बालेनले छाड्दैछन् महानगरको जिम्मेवारी,सुनितालाई कार्यवहाकको जिम्मेवारी

पालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाउने अधिकार प्रदेशलाई दिन सामान्यलाई पत्राचार

महिला कर्मचारीको टिम बनाउँदै महानिर्देशक

निर्वाचन आचारसंहिता स्वीकृत,माघ १ गतेदेखि कर्मचारी सरुवा गर्न बन्देज

बिशेष