समयमा संसद नबोलाउने, अध्यादेशबाट सरकार चलाउने, यही हो लोकतन्त्र? : केसी

काठमाडौं – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अध्यादेशबाट सरकार चलाउनु अप्रजातान्त्रिक भएको बताएका छन्।

बिज्ञापन

बिहीबार प्रतिनिधिसभामा बोल्दै केसीले संसद बोलाउन कसले छेकेको थियो? भन्दै प्रश्न गरे।

बिज्ञापन

‘समयमा संसद नबोलाउने, अध्यादेशबाट सरकार चलाउने? यही हो लोकतन्त्र? यसो गर्नु हुँदैन,’ उनले भने, ‘संसद नचलाउने यो लोकतन्त्र होइन, अप्रजातान्त्रिक अभ्यास हो।’

सरकारले ६ वटा अध्यादेश प्रतिनिसभामा पेश गरेको छ। ती अध्यादेश के हुने भन्ने अन्योल यथावत् छ। सत्तापक्षसँग राष्ट्रिय सभामा आवश्यक संख्या नपुगेपछि अध्यादेश असफल हुने त्रासमा सत्तापक्ष छ।

बिज्ञापन

सत्तापक्षले जनता समाजवादी पार्टीको साथ खोजिरहेको छ। तर, उक्त पार्टीले नि:शर्त अध्यादेशलाई समर्थन नगर्ने भएको छ। उसले मधेस प्रदेशको मुख्यमन्त्री माग गरे पनि त्यसमा सत्तापक्षमा सहमति जुटिसकेको छैन।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

बिशेष