समयमा संसद नबोलाउने, अध्यादेशबाट सरकार चलाउने, यही हो लोकतन्त्र? : केसी

काठमाडौं – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अध्यादेशबाट सरकार चलाउनु अप्रजातान्त्रिक भएको बताएका छन्।

बिज्ञापन

बिहीबार प्रतिनिधिसभामा बोल्दै केसीले संसद बोलाउन कसले छेकेको थियो? भन्दै प्रश्न गरे।

बिज्ञापन

‘समयमा संसद नबोलाउने, अध्यादेशबाट सरकार चलाउने? यही हो लोकतन्त्र? यसो गर्नु हुँदैन,’ उनले भने, ‘संसद नचलाउने यो लोकतन्त्र होइन, अप्रजातान्त्रिक अभ्यास हो।’

सरकारले ६ वटा अध्यादेश प्रतिनिसभामा पेश गरेको छ। ती अध्यादेश के हुने भन्ने अन्योल यथावत् छ। सत्तापक्षसँग राष्ट्रिय सभामा आवश्यक संख्या नपुगेपछि अध्यादेश असफल हुने त्रासमा सत्तापक्ष छ।

बिज्ञापन

सत्तापक्षले जनता समाजवादी पार्टीको साथ खोजिरहेको छ। तर, उक्त पार्टीले नि:शर्त अध्यादेशलाई समर्थन नगर्ने भएको छ। उसले मधेस प्रदेशको मुख्यमन्त्री माग गरे पनि त्यसमा सत्तापक्षमा सहमति जुटिसकेको छैन।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

राजस्व अनुसन्धान विभाग खारेज गर्न सरकारलाई सुझाव

बजारमा निजी क्षेत्रको भ्रष्टाचार

“निजामती सेवा सुधार र कर्मचारी समर्पण:- कटुवालका योजना र दृष्टिकोण”

मन्त्रीको कार्यकक्ष बनाउँदा ९० लाख स्वाहा !

बाणिज्य बिभागको अनुगमन जारी, २० उधोगको कारोबा

त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत

पूर्वडिजीको भक्तपुरस्थित विभिन्न १७ कित्ता जग्गा जफत

गृहमन्त्रीका भतिज विन्देश्वरको शक्तिः- रोजेकै ठाउँमा नियुक्ति

बिशेष