के हो कोशी खेलकुद विकास बोर्डको विवाद ? अदालतले भन्यो लिखित जवाफ पेस गर्नु

विराटनगर । कोशी प्रदेशको खेलकुद विकास बोर्डले मोरङ जिल्लाको खेलकुद विकास समिति अध्यक्ष नियुक्ति गरेको विषयमा उच्च अदालत विराटनगरले लिखित जवाफ पेस गर्न आदेश जारी गरेको छ ।
मङ्गलवार अदालतको अवहेलना मुद्दामा उच्चका न्यायाधीश राज्यलक्ष्मी बज्राचार्य र विष्णुप्रसाद अर्यालको इजलासले बोर्डलाई सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।
उच्च अदालत विराटनगरको आदेश उल्लङ्घन गर्दै कोशी प्रदेश खेलकुद विकास बोर्डले मोरङ जिल्ला खेलकुद विकास समितिको अध्यक्ष नियुक्त गरेपछि अदालतमा प्रदेश खेलकुद विकास बोर्ड र बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतलाई विपक्षी बनाएर इन्द्र कुमार योञ्जन तामाङले सोमबार अदालतको अवहेलना मुद्दा दायर गरेका थिए । रिट निवेदकको माग अनुसार नै किन आदेश जारी नगर्ने भन्दै कारण देखाऊ आदेश दिएको हो ।

बिज्ञापन

के हो विवाद ?
कोशी खेलकुद विकास बोर्डका अध्यक्षसमेत रहेका सामाजिक विकास मन्त्री पाँचकर्ण राईको अध्यक्षतामा १७ माघमा बसेको बैठकले जिल्ला खेलकुद विकास समिति मोरङको अध्यक्षमा सुरजबहादुर श्रेष्ठलाई श्रेष्ठलाई नियुक्त गरिएको थियो । २०८० चैत २३ गते नियुक्त भएका उनै रिट निवेदक इन्द्रकुमार योञ्जन तामाङलाई हटाएर प्रदेश सरकारले श्रेष्ठलाई नियुक्त गरेको हो ।
२०८१ भदौ ४ गते खेलकुद विकास बोर्डका सदस्य सचिव बस्नेतले योञ्जनलाई निलम्बन गर्ने निर्णय गरेका थिए । आफूलाई चार वर्षको लागि काम गर्न दिनु भन्दै यसअघि उच्च अदालतको आदेश विपरीत बोर्डले काम गर्न नदिएको र नयाँ नियुक्ति गरेको भन्दै योञ्जनले रिट दायर गरेका हुन् । जहाँ अदालतको अवहेलनामा कारबाही गरी पाउँ भनिएको छ ।

बिज्ञापन

यसअघि उच्च अदालतले नै बोर्डको निर्णय कार्यान्वयन नगर्न र योञ्जनलाई काम गर्न दिन भन्दै गत भदौ १२ गते अन्तरिम आदेश दिइएको थियो । तर, कुनै कारणविना र राजनीतिक प्रतिशोधका आधारमा बस्नेतले आफूलाई पुनः निलम्बन गरेर पार्टीका कार्यकर्ता भर्ती गराउन खोजेको योञ्जनले आरोप समेत लगाएका छन् ।

खास गरी नयाँ नियुक्त भएका श्रेष्ठ एमालेनिकट हुन् भने योञ्जन माओवादी निकट मानिन्छन् । राजनीतिक रूपमा नेकपा एमालेको मोरङ जिल्ला सदस्य समेत रहेका श्रेष्ठलाई सदस्यसचिव बस्नेतले नियुक्ति दिलाएका थिए । सदस्यसचिव बस्नेत २०७९ सालको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा नेकपा एमालेको तर्फबाट मोरङको क्षेत्र नंं ६ ‘ख’ मा प्रदेश सभाको उम्मेदवार रहेका थिए । त्यहाँ काँग्रेसका केदार कार्कीसँग पराजित बस्नेत नेकपा एमालेनिकट नेपाल खेलकुद महासङ्घको केन्द्रीय अध्यक्ष समेत हुन् ।मोरङ जिल्ला खेलकुद विकास समितिको अध्यक्ष नियुक्तिको विषयलाई लिएर कोशी प्रदेशसभा बैठकमा पनि सांसदले प्रश्न उठेको थियो । प्रदेशसभाको बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद गणेश उप्रेतीले चार वर्षको लागि नियुक्ति भएका योञ्जनलालाई हटाएर प्रदेश सरकारले अदालतको अवहेलना गरेको उल्लेख गरेका छन् ।

बिज्ञापन

बोर्डका अध्यक्ष के भन्छन् ?
यता कोशी प्रदेश खेलकुद विकास बोर्डका अध्यक्ष समेत रहेका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले योञ्जनको नियुक्तिको माईन्यूट र काममा नियमित नभएकाले हटाउनु परेको उल्लेख गरेका छन् ।
उनले भने, ‘योञ्जनलाई बोर्डको कति औँ बैठकले निर्णय गरेको हो रु त्यो हुनुप¥यो नि, त्यो नभएको र अहिले आवस्यक्ताका महसुस गरेर अर्को नियुक्ति गरिएको हो ।’
राईले यो सम्बन्धी मुद्दा अदालतमा समेत रहेकाले अदालतले नै निकास दिने बताए।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

बिशेष